नविना श्रेष्ठ/टाेखालाइभ डट कम
काठमाडौं /चैत्र १३,२०७८
विज्ञान तथा प्रविधि ,शिक्षा मन्त्री देवेन्द्र पौडेलले शनिबार श्री चण्डेश्वरी माध्यामिक विद्यालयमा निरीक्षण गर्नुभएको छ। बागलुङ समन्वय समितिकाे आयाेजनामा बनभाेज कार्यक्रम भुतखेल चाैरमा उपस्थिति हुनु भएकाे समयसंगै नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका माननीय देवेन्द्र पाैडेल टोखा नगरपालिका वडा नं २ स्थित श्री चण्डेश्वरी माध्यामिक विद्यालयकाे निरिक्षणकाे लागि स्कुल पुगेका थिए।
८ वटा सामुदायिक विद्यालय मध्ये ओझेलमा परेकाे श्री चण्डेश्वरी माध्यमिक विद्यालयलाई आफ्नाे कार्यकाल हुदा नै ४ काेठा भवन निर्माण कार्य सुरु गर्ने प्रतिबद्वता जनाएकाे बागमती प्रदेश सदस्य तथा टाेखा नगर कमितिका ईन्चार्ज कल्पना शर्माले टाेखा लाइभलाई जानकारी दिनुभयाे।
शिक्षा क्षेत्रको प्रमुख नियम निकाय र सामुदायिक विद्यालयकाे शिक्षा सुधार्ने प्रमुख जिम्मेवारी रहेको र शिक्षा मन्त्रालयका मन्त्री पौडेलले विद्यालय निरीक्षणका लागि स्कुल पुग्नु भएकाेमा अबका दिनमा विद्यालयको लागि फलदायी हुने टोखा नगरपालिका २ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपकराज जोशीले बताउनु भयाे।
कक्षा कोठाको अभावका कारण पठनपाठन गर्ने समस्या विधार्थीहरुले खेपिरहेको अवस्था र विद्यालयको समस्याको बारेमा यस अघी मन्त्रालयमै गएर छलफल भएको भए पनि शनिबार शिक्षा मन्त्री विद्यालयको आकास्मिक स्थलगत निरीक्षणमा आएको अध्यक्ष जोशीले जनकारी दिए।
नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रका नेतृ कल्पना शर्मा लगायतको टोली शिक्षा मन्त्रालयमै गएर विद्यालयको अवस्थाको बारेमा मन्त्री पाैडेललाई भेटेर सुनाएकाे वताए। मन्त्री पाैडेल सामु राखेका कुरा सुनेपछि विद्यालयको लागि आवश्यक पर्ने भवन निर्माण गर्ने र यही महिना भित्र माननीय मन्त्री पाैडेलकाे हातबाट भवनको शिल्यान्यास हुने प्रतिबद्वता जनाए।
केही वर्ष अगाडि राष्ट्रिय पुननिर्माण प्राविधिकरणले बनाई दिएको चारकोठे दुई तलाको भावनमा थप एक तला थप्नको लागि प्रदेश स्तरको ३४ लाख बजेट विनियोजित गरिएको र भवन निर्माणको लागि टेन्डर प्रक्रियामा गईसकेको समेत उहाँले जानकारी दिनुभयाे।
अध्यक्ष जोशीले नगरपालिकाले शिक्षा क्षेत्रका बजेट राख्न कञ्जस्याइ गरेको गुनासो गरे। नगरपालिकाले मठमन्दिर निर्माण कार्य लगायतमा बढी बजेट खर्च गरे पनि सामुदायिक विद्यालयमा भने बजेट राख्न चासो नदिएको असंतुष्ट जनाए।
२०२० सालमा स्थापना भएको विद्यालयले स्थापना काललेदेखिनै भौतिक पुर्वाधार र शिक्षकशिक्षिकाको अभाव खेपिदै आइरहेको तथा कक्षा कोठा र शिक्षकशिक्षिकाको अभावमा एउटै कक्षा कोठामा दुई वटा कक्षा सञ्चालन गर्दै आइरहेको विद्यालयको भौतिक पुर्वाधार निर्माणका साथै गुणस्तरीय शिक्षाका लागि विभिन्न समयमा धेरै काम तथा प्रयासहरु भएपनि आवश्यक मात्रामा बजेट तथा शिक्षकशिक्षिकाको व्यवस्थापन नहुँदा विद्यालयले सोचेको जस्तो उपलब्धि हासिल गर्न नसकेको वताए।
२०६९ /०७० साल देखि विद्यालयकाे संचालक समितिमा आवद्ध भई विद्यालयमा गुणस्तरीय शिक्षा, दिगाे विकासका निम्ति अहाेरात खतिरहनु भएका हेराकाजी महर्जन डंगोलले चण्डेश्वरी मा.वि लाई स्तर उन्नतिकाे लागि उहाँले अक्षय काेष खडा गरेकाे थियाे। विद्यालयमा अध्ययन गर्ने विधार्थीहरुका लागि स्कुल पाेसाक,कापी,कलम,दिई सहयाेग गर्दै आएकाे महर्जन डंगोलले विद्यालयकाे व्यवस्थापन समितिमा सदस्य भई काम गर्दै आईरहेकाे वताए।

