• TOKHA LIVE

    • ७ बैशाख २०८३, सोमबार २१:१८

    मच्छिन्द्रनाथ रथयात्राको स्पन्दन बोकेको एकल चित्रकला प्रदर्शनी हुने

    जात्राको मिठास क्यानभासमा: मच्छिन्द्रनाथ रथयात्राको स्पन्दन बोकेको एकल चित्रकला प्रदर्शनी

    काठमाडौँ, ७ वैशाख/  परम्परा, संस्कृति र भावनाको संगम बोकेको जात्राको मिठासलाई चित्रमा उतार्ने प्रयाससहित कलाकार बिक्रम श्रेष्ठले आफ्नो एकल चित्रकला प्रदर्शनी सार्वजनिक गर्ने भएका छन्।

    ‘जात्राको स्पन्दन : मच्छिन्द्रनाथ रथयात्रा’ शीर्षकमा आयोजना हुन लागेको यो प्रदर्शनीले जात्राको जीवन्त दृश्य, भीड, आस्था र उत्साहलाई कलात्मक रूपमा प्रस्तुत गर्ने विश्वास लिइएको छ।

    प्रदर्शनी आगामी वैशाख ११, २०८३ (अप्रिल २३, २०२६) गते दिउँसो ३ बजे बहादुर शाह बैठक (आदर्श कन्या विद्यालय परिसर), मंगल बजार मा उद्घाटन हुने तय भएको छ।

    आयोजकका अनुसार, प्रदर्शनी वैशाख १८, २०८३ (अप्रिल ३०, २०२६) सम्म सञ्चालन हुनेछ। दैनिक बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म प्रदर्शनी अवलोकन गर्न सकिनेछ।

    कलाकार श्रेष्ठले आफ्ना क्यानभासमार्फत जात्राको चहलपहल मात्र होइन, त्यसभित्र लुकेको सांस्कृतिक आत्मा, मानिसहरूको भावनात्मक सम्बन्ध र सामूहिक उत्सवको ऊर्जा प्रस्तुत गर्न खोजेका छन्।

    यस प्रदर्शनीलाई निरवाना आर्ट ग्यालरी,भाव आर्ट ग्यालरी र रेवा आर्ट ग्यालरी लगायतका कला संस्थाहरूले सहयोग गरेका छन्।

    संस्कृति र कलाको संगम खोज्ने जो–कोहीका लागि यो प्रदर्शनी केवल चित्र अवलोकन मात्र नभई, एक जीवित अनुभूति बन्ने अपेक्षा गरिएको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै