• TOKHA LIVE

      TOKHA LIVE

    • ८ बैशाख २०८३, मंगलवार १०:०७

    रातो मछिन्द्रनाथको जात्रा आजदेखि सुरु

    काठमाडौं बैशाख ८ । वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथ को प्रसिद्ध रथजात्रा आज (मंगलबार) देखि सुरु हुँदैछ। हरेक वर्ष वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म मनाइने यो ऐतिहासिक जात्रा आजबाट विधिवत् रूपमा प्रारम्भ हुन लागेको हो।

    परम्परा अनुसार मछिन्द्रनाथको मूर्तिलाई ललितपुरको तस्बहाल बाट खटमा राखेर पुल्चोक मा निर्माण गरिएको रथमा पु¥याइन्छ। रथमा विधिपूर्वक विराजमान गराएपछि जात्रा औपचारिक रूपमा सुरु भएको मानिन्छ।

    नेपालकै सबैभन्दा लामो र ऐतिहासिक जात्रामध्ये एक मानिने यस रथयात्रामा हजारौँ श्रद्धालु भक्तजनको सहभागिता रहने गर्दछ। यो जात्राले वर्षा, सहकाल र समृद्धिको कामना गर्दै सांस्कृतिक एकताको सन्देश समेत दिने विश्वास गरिएको छ।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै