टोखा काठमाडौं, २६ चैत्र / टोखा वडा – ३ स्थित एन्जल्स पाराडाइज स्कूलले गुणस्तरीय शिक्षा र नविनतम सिकाइ दृष्टिकोण प्रदान गर्न लावन्या इन्टरनेशनलसँग औपचारिक साझेदारी गरेको घोषणा गरेको छ।
साझेदारीअन्तर्गत 5E मोडेल (Engage, Explore, Explain, Elaborate, Evaluate) आधारित पाठ्यक्रम लागू हुनेछ, जसले कक्षाकोठालाई रमाइलो, सक्रिय र सृजनात्मक सिकाइको वातावरणमा परिणत गर्छ। यसले विद्यार्थीहरूको ज्ञान र क्षमताको दृढ आधार निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।
विद्यालयका प्रिन्सिपल रामकृष्ण डंगोलले भने, “यो साझेदारीले हाम्रा विद्यार्थीहरूलाई सिमाना पार गरेर सिक्ने, अन्वेषण गर्ने र व्यक्तिगत तथा सामूहिक क्षमतामा वृद्धि गर्ने अवसरहरू प्रदान गर्नेछ।” विद्यालयले यस अवसरलाई विद्यार्थीहरूको उज्जवल भविष्य निर्माण, टोलीगत कामको महत्त्व बुझ्न र अनन्त सम्भावनाहरू खोज्न नयाँ अध्यायको सुरुवात भएको उत्साहका साथ जनाएको छ।
शिक्षा क्षेत्रमा यो कदम विद्यार्थीहरूको समग्र विकास र आधुनिक, अन्तरक्रियात्मक सिकाइ प्रवर्द्धनतर्फ महत्वपूर्ण प्रगति मानिएको छ।

