टाेखा लाइभ / पुस १३
साहित्यकार तथा अन्वेषक पूर्णप्रकाश नेपाल ‘यात्री’ द्वारा स्थापना गरिएको संस्था कपन साहित्य समाजले संस्कृतिविद् तथा साहित्यकार तेजेश्वरबाबु ग्वंग लाइ कसास यात्री सम्मान प्रदान गरेको छ ।
कपन साहित्य समाजका अध्यक्ष गणेश मिश्रको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा शैलेन्द्र प्रकाश नेपाल थिए । ग्वंगकै निजिनिवास भक्तपुर सूर्यविनायकमा औपचारिक कार्यक्रम गरि उनलाई १० हजार १ रुपैया नगद प्रमाणपत्र र दोसल्ला ओडाएर सम्मान प्रदान गरिएको थियो। सम्मानित तेजेश्वरबाबु ग्वंगले आफूलाई पूर्णप्रकाश नेपाल यात्रीको स्मृतिमा सम्झिएर सम्मान गरेकोमा धन्यवाद दिएका थिए ।
कपन साहित्य समाजका संस्थापक संरक्षक स्व. पूर्णप्रकाश नेपाल “यात्री”को पुण्य तिथिको अवसर पारेर गत वर्षदेखि सो सम्मान प्रदान गर्दै आइरहेको छ ।
नेपालको पुरातन, पुरातात्विक र संस्कृतिक नगरी भक्तपुरको शिक्षित र सुसंस्कृत परिवारमा १९९२ कार्तिक महिनामा जन्मेका तथा मेसिगन स्टेट विश्वविध्यालय अमेरिकाबाट संस्कृतिक नेतृत्व शास्त्रमा स्नातकोत्तर गरेका तेजेस्वरबाबु ग्वग : एक विशिष्ट संस्कृतिक विज्ञका रुपमा सुपरिचित र प्रतिष्ठित छन । उनि नेपाल, नेपाली तथा अंग्रेजी भाषामा लेख्दछन । ग्वगका तिनवटै भाषामा कृति प्रकाशित भएका छन । नेपाली साहित्यमा उनी कवी, निबन्धकार र लेखकका रुपमा चिनिन्छ ।
निजामति कर्मचारी सेवा निवृत्र तेजेश्वरबाबु ग्वंगका प्रेम ( परोपकार पत्रिका २०१०) नेपाली, नेपाल भाषा अंग्रेजीमा अत्यधिक रचना, संस्कृतिक आयाम ( २०५२), संस्कृतिया पल १११९ नेपाल सम्वत्, अवकाश पछिको आकाश ( निबन्ध संग्रह – २०७१), चराको गुडझै जन्मस्थल – मेरो भक्तपुर ( कवितासंग्रह-२०७१) तथा औकात भरिएको सौगात ( निबन्ध सङ्ग्रह २०७३) जस्ता कृति प्रकाशित भएका छन् ।

