• TOKHA LIVE

      TOKHA LIVE

    • १८ मंसिर २०७७, बिहीबार ०६:३८

    वर्षौ पछि बुढानिलकण्ठ मन्दिर-मुहान पोखरी सडक कालोपत्रे शुरु:-

    टाेखा लाइभ मंसिर १८

    ठेक्का लागेको वर्षौ पछि बुढानिलकण्ठ मन्दिर-मुहान पोखरी सडक कालोपत्रे शुरु भएको छ। शिवपुरी -नागार्जुन रास्ट्रिय निकुन्ज जाने मूल बाटोका रुपमा रहेको सो सडक निर्माणका लागि भन्दै ठेकेदारले खनेर छोड्दा सो क्षेत्रका स्थानीयहरु निकै पिडित बनेका थिए।बुढानिलकण्ठ मदिर बाट मुहान पोखरी जाने सो सडक ठेकेदारको लापरवाहीका कारण लामो समय देखि निर्माणाधीन रहेको थियो।

    कुनै घटना ,दुर्घटना र विषम परिस्थिति पर्दा समेत यातायात नगएर निकै सास्ती खेपेका सो क्षेत्रका स्थानीयहरु सडक कालोपत्र शुरु भए संगै हर्षित भएका छन।उक्त सडक कालोपत्रे भए संगै निकुन्ज आवतजावतमा सहज हुने र  सो क्षेत्रमा व्यवसायिक र पर्यटकीय गतिविधि बढ्ने भन्दै स्थानीयहरुले खुसि व्यक्त गरेका छन।

    नगरपालिकाको मूल सडकका रुपमा रहेक सो सडक निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले विभिन्न बहाना बनाएर ढिलाई हुँदा स्थानीय र जनप्रतिनिधिहरुले पटक पटक सरोकारवाला निकायको ध्यानाकर्षण गराएका थिए।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै