• TOKHA LIVE

    • २३ कार्तिक २०७७, आईतवार २१:३२

    मदन भण्डारी फाउन्डेसन बुढानिलकण्ठको रक्तदान कार्यक्रम सम्पन्न:-

    टाेखा लाइभ कार्तिक २३।

    मदन भण्डारी फाउन्डेसन बुढानिलकण्ठको रक्तदान कार्यक्रम सम्पन्न भएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं ७ डठुगाउँमा भएको सो रक्तदान कार्यक्रममा ३४ जनाले रक्तदान गरेका थिए।

    नेपाल रेडक्रस साेसाईटी रक्तसञ्चार काेषसँगकाे समन्वयमा भएको सो कार्यक्रमको सह आयोजना भद्रकाली जागरण समाजले गरेको थियो। रगतको अभाव भैरहेको समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै राज्त्दान गर्ने सम्पूर्णलाई धन्यवाद दिदै फाउन्डेसन बुढानिलकण्ठका अध्यक्ष कैलाश खड्काले आगामी दिनमा पनि रचनात्मक कार्यहरु गर्ने जानकारी दिएका छन।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै