• TOKHA LIVE

    • २१ कार्तिक २०७७, शुक्रबार ०८:५५

    चुनिखेलमा खानेपानी शुल्क विवाद:-

    टाेखा लाइभ कार्तिक २१
    बुढानिलकण्ठ नगरपालिका वडा नं १३ स्थित चुनिखेलमा वितरण गरिएको खानेपानी लाइन जोड्न लाग्ने खानेपानी
    शुल्कको विषयमा विवाद सृजना भएको छ।

    चुनिखेल टुपेक खानेपानी तथा सरसफाई समितिले सो क्षेत्रमा खानेपानीको धारा जडान शुल्क २० हजार ३ सय लिंदै आएकोमा एकाएक २५ हजार ३ सय बनाएको भन्दै स्थानीयहरुले विरोध सुरु गरेका हुन् ।
    स्थानीय निर्वाचनको दौरानमा वडा नं १३ का हरेक घरमा पानी सहितको धारा पुर्याउने प्रतिवद्वत्ता गरेका जनप्रतिनिधिहरुले सो क्षेत्रमा देखिएको विवाद समाधान गर्दै थप सेवा विस्तार गर्नुपर्ने एक स्थानीय नेताले बताएका छन ।
    सो क्षेत्रमा खानेपानी सेवा जडान गर्दा बुझाउनु पर्ने रकममा एकाएक फरक परेको स्थानीय सेवाग्राही मदन श्रेष्ठले
    यस बारेमा समितिका पदाधिकारी र जनप्रतिनिधिहरुलाई जानकारी गराए पनि कुनै सुनुवाई नभएको बताउदै उनले यस वारेमा ठोस कदम चाल्न सरोकारवालाहरुलाई आग्रह गरेका छन।

     

    Facebook Comments

    छुटाउनुभयो कि? सबै