• TOKHA LIVE

    • २० कार्तिक २०७७, बिहीबार १२:३६

    भौतिक पूर्वाधार विकासका लागि बुढानिलकण्ठ नगरपालिकामा ७१ करोड ६० लाख बिनियोजन :-

    टाेखा लाइभ ,कार्तिक २०

     भौतिक पूर्वाधार विकासका लागि बुढानिलकण्ठ नगरपालिकामा  चालू  आर्थिक वर्ष ७१ करोड ६० लाख बिनियोजन गरिएको छ। नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तुत गरेको वार्षिक नगर विकास योजनामा कुल बजेट २ अर्ब ६७ करोड ५१ लाख ३२ हजार को ६३.६५ प्रतिसत रकम भौतिक पूर्वाधार विकासका लागि बिनियोजन गरिएको हो।

    भौतिक पूर्वाधार तर्फ सडकका लागि २१ करोड ६५ लाख बजेट बिनियोजन गरिएको छ भने सार्वजनिक जग्गा संरक्षण तथा पार्क निर्माणका लागि १७ करोड ५ लाख बजेट बिनियोजन गरिएको छ ।

    त्यस्तै विभिन्न सडक मर्मत तथा संभारका लागि ३ करोड ५० लाख बजेट बिनियोजन गरिएको छ भने अन्य विषय गत क्षेत्रभित्र पर्ने निर्माणका लागि २९ करोड ४० लाख बजेट बिनियोजन गरिएको छ ।

    यसमा सबै विषयगत क्षेत्र अनतर्गत गरिने भौतिक पूर्वाधार निर्माणलाई एकीकृत गरी भौतिक पूर्वाधार तर्फ समावेस गरिएको बुढानिलकण्ठ नगरपालिकाले जानकारी दिएको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै