• TOKHA LIVE

      TOKHA LIVE

    • १२ कार्तिक २०७७, बुधबार १०:०२

    लेननलाई सम्झदैं

    कल्पना गरौं कुनै देश छैन।
    स्वर्ग पनि छैन।
    हामी माथि आकास मात्र छ।
    कल्पना गरौ, संसारका सबै
    मानिस आजका निम्ति बॉचेका।
    कल्पना गरौ, कुनै धर्म छैन।
    मानिसलाई मार्न र सताउन पाईदैन
    तिमी मलाई एक्लो छौ, भन्न सक्छौ
    तर म एक्लो छैन।
    एकदिन तिमी मसँग जोडिने छौ
    र विश्व एक हुनेछ।
    -जोन लेनन

    बल डिलन बिटल्सलाई लिएर भन्थे, ‘यो ब्यान्डले त्यो काम गरिरहेको छ, जुन अरू कसैले गर्न सकेको छैन । यस्तोमा यो ब्यान्डले त्यतातिर अग्रसर छ, जहाँ संगीत आफैं पनि दोहोरिनुपर्नेछ ।’ यो भनाइ विशेषत: बिटल्सका अर्को सदस्य जोन लेननमा लागू हुन्थ्यो । लेननको गीत लेखाइ वास्तवमै विशेष थियो, उनको आफ्नै शैली थियो । ‘हार्ड डेज नाइट’ र ‘इन माई लाइफ’ मा लेनन कस्ता गीतकार हुन, त्यो प्रस्ट थाहा पाउन सकिन्छ । बिटल्सपछिका दिनमा पनि लेननले उत्तिकै राम्रा गीत लेखे र यी गीतले धेरै फरक–फरक विषय छोए, त्यो राजनीतिदेखि व्यक्तिगत जीवन सबै हुन्थ्यो । माथिको छोटो अंशको ‘इमाजिन’ गीत त्यसको राम्रो उदाहरण थियो । लेनन भन्ने गर्थे, ‘सबैलाई विशेष हुनेमा मेरो अझ बढी रुचि हुने गर्छ र त्यसलाई गीतमा उतार्ने प्रयास गर्छु ।’ बेलायतको लिभरपुलका ठिटाको समूहले गाएका छोटामीठा प्रेमगीत कालजयी भए, जसले समूहका सदस्यलाई ‘कल्ट स्टाटस’ -नसोचेको ख्याति)दियो ।ठूला आँखामा गान्धी चस्मा लगाउने लाम्चो अनुहारका लेनन र उनका ब्यान्ड सदस्यको जीवनशैली सन् ६० र ७० को दशकका युवायुवतीले अनुकरण गर्न थाले । बिटल्सको संगीत मूलतः सन् १९५० को रक एन्ड रोलमा आधारित भए पनि उनीहरूले साइकेडेलिकलगायत संगीतका अनेक विधाको फ्युजन गरे । सन् २००४ मा अमेरिकी पत्रिका ‘’रोलिङ स्टोन’’ पत्रिकाले निकालेको ‘हन्डे्रड आर्टिस्ट अफ अल टाइम’ मा बिटल्स पहिलो नम्बरमा थियो ।

    अमेरिकी पत्रिका ‘रोलिङ स्टोन’ को सन् २००१ नोभेम्बरको अंकमा एउटा लामो लेख छ, जसमा प्रख्यात संगीत समूह बिटल्सका गायक जोन लेननले आफू दिवंगत हुनुअघि आफ्नो ब्यान्ड जिसस क्राइस्टभन्दा बढी लोकपि्रय भएको बताएर विश्वमै हल्लीखल्ली मच्चाएको थियो।

    सन् १९७० पछि भने बिटल्सका सदस्य एक आपसमा छुट्टएि र आ-आफ्नो व्यक्तिगत करियर सुरु गरे । त्यसमा पनि उनीहरू उत्तिकै सफल रहे । अहिलेसम्म उनीहरूका एल्बम एक विलियनभन्दा बढी बिक्री भइसकेको छ । बि्रटिस चार्टस्मा बिटल्सको भन्दा अरू कसैको छैन, सर्वाधिक बढी नम्बर १ गीत ।
    लन्डन ओलम्पिकको उद्घाटन अवसरमा आफ्नो प्रस्तुति पेस गर्नेमा एक थिए, सर म्याकार्टनी । उनलाई त्यति बेला बेलायतकै सानका रूपमा पेस गरिएको थियो । पश्चिमेली संगीतको चर्चित पत्रिका रोलिङ स्टोनले बिटल्सलाई पिकासोसँग दाँज्ने प्रयास गरेका छन् । बिटल्सले आखिर त्यो काम गरेको, जुन यसअघि कसैले गरेका थिएनन्, संगीत क्षेत्रको क्रान्ति ।
    धेरैले बिटल्सले गरेको कामलाई सांस्कृतिक क्रान्ति भन्न पनि रुचाउँछन् । बिटल्स अगाडि आम मानिसले जसरी संगीत सुन्ने गर्थे, त्यसमा धेरै परिवर्तन आयो । अहिले पनि बिटल्स सुन्नुपर्छ, उही पुरानो मधुरता र मादकता पाइन्छ । आखिर बिटल्स पनि कहिल्यै पुरानो हुने छैन, जसरी उनीहरूको पहिलो गीतमा रहेको माया प्रेमका कथा पुरानो हुने छैन ।

    यु मे से आई एम अ डि्रमरबट आई एम नट द अन्ली वानआई होप सम डे यु विल जोइन अस्एन्ड द वल्र्ड विल लिभ एज वान…संसार सन् १९८० डिसेम्बर ८ मा आफ्नै प्रशंसकद्वारा मारिएका लेननले भनेजस्तै भइदिए !

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै