• TOKHA LIVE

    • २८ आश्विन २०७७, बुधबार १२:२३

    बुढानिलकण्ठ नगर प्रमुख उद्दव खरेल कोरोना जितेर जनसेवामा फर्किए:-

    टाेखा लाइभ असोज २८ काठमाडौं

    कोरोनालाई जितेर बुढानिलकण्ठ नगरपालिकाका नगरप्रमुख उद्दव खरेल जनसेवामा फर्किएका छन।आफ्नो सवारीका चालकलाई कोरोना संक्रमण पुष्टि भएपश्चात् कन्याक्ट ट्रेसिङ्गमा परिक्षण गर्दा संक्रमण देखिएका खरेलको पछिल्लो समय गरेको परिक्षणमा नतिजा नेगेटिभ आए पछी पुन नगरपालिकाको नियमित काममा फर्किएका हुन।सुरक्षा मापदण्ड पुरा गर्दै होम आइसोलेसनमा रहेका नगरप्रमुख खरेलले कोरोनालाई पराजित गरे संगै आफुमा कुनै पनि किसिमका लक्षण नदेखिएकै कारण पनि यस रोगलाई परास्त गर्न आफुलाई अझ सहज भएको उहाँले प्रतिक्रिया दिएका छन।
    कोरोना प्रकोप नियन्त्रण तथा रोकथाम अभियानको अग्र मोर्चामा रहेर सक्रिय नगरप्रमुख खरेलले बलियो आत्मविश्वास र सजगताले सजिलै कोरोनालाई पराजित गर्न सकिएको बताउदै यस विरुद्ध लडदै गर्दा सदभाव ,सहानुभूति र चिन्ता व्यक्त गर्ने सबैलाई धन्यवाद दिएका छन ।

     

     

    Facebook Comments

    छुटाउनुभयो कि? सबै