• बाबुराम घिमिरे PHD SCHOLAR
२०७७/०६/०१ गते राति ३ बजे तिरको कुरो हो | त्यो दिन दिनभर अस्पतालमा ब्यस्त भइयो, कुरुवाको रुपमा | अस्पतालका बातचित, थर्मल गनको निशानि, मास्क, सेनिटाइजर, ग्लोभ, खुट्टो पुछ्ने म्याट आदि कुरो अनि एउटा बाट अर्को त्रसित बाताबरणले एउटा चिन्ता, अस्पताल रोगको उल्झन हो सुल्झन ? यतिखेर यो छ सबैको मनमा | त्यहा डक्टर,नर्श, अरु कर्मचारिले बाहिर भनेजस्तो स्ट्रिक रुल पालना गरेको पाइएन |मनमा त्रास पैदा गर्थ्यो ति परिदृश्यले| अस्पताललाई बिशेष धन्यवाद हामीलाई घर जान दियो | शारिरिक र मानसिक थकित मन लिएर सुतियो, सदाको बिछ्यौनामा | गहिरो निन्द्रामा परियो | जीवन यात्रा हो, यात्रा त्यति बेला रोकिन्छ, जति बेला उस्को सास रोकिन्छ | तसर्थ निन्द्रामा पनि यात्रा रोकिने त कहा हो र? केवल प्रकृति मात्र फरक हो | तयसैले मेरो यात्रा यसरि सुरु हुन्छ |
यात्रा वृतान्त :
म दाजुको घर पुगेछु, हामि ओल्लो कोठा र दाजु भाउजु पल्लो कोठा सुतेको बेला, दाजु भाउजुको कुराकानि सुनियो | भाउजुले अब हामि बुढाबुढि पनि हुन लाग्यौ, मलाई त यो ठाउ छाडेर कतै एकान्तमा, सुनसान, जंगली वातावरणमा, कल्कल पानिको आवाज, चराचुरुगिंको चिरबिर आउने ठाउमा बस्न मन छ, यहाँ पटक्कै बस्न मन छैन, जति गर्नु गरियो भन्नु भयो | दाजुले प्रति प्रश्न गर्नु भयो, कहा जाने? भाउजुले योजना सहित बताउनु भयो र दाजुले सहमति | भौगोलिक शान्ति, वातावरणीय शान्ति,पारिवारिक शान्ति, मन शान्ति, चित्त शान्ति नै मुल उद्देश्य हो | वहॉहरू वार्तालाप गर्दा-गर्दै निदाउनु भयो | मलाइ त्यो स्थान कहिले पुगौ पुगौ भयो र यात्रा शुरु भयो, खालि खुट्टामा | म यति हतारमा यात्रा गरे कि त्यस ठाउमा म नै सबैभन्दा पहिला पुगौ, जस्तो सोचेर |
यात्रा सुरु गर्दा टहटह घाम लागेको थियो | बाटो सम्म र फराकिलो थियो, एउटा महान सपना पनि थियो | कतै कतै बाटो खाल्डाखुल्डि र अलि अलि हिलो भने थियो, अरु केहि असहज थिएन | यात्रा स्वत:स्फुर्त, रहर,उत्साह थियो | प्राक्रितिक रमणिय स्थान हेर्ने, देख्ने, शहरिया कोहोलाल बाट टाढा भाग्ने, एकान्त र शान्ति मिल्ने ठाउमा बस्ने थियो | घर बस्दा हुने एक्लो पनलाई हटाउने, प्रकृतिमै सबै साथी देख्ने र सादकि जीवन जिउने उद्देश्य थियो | मानिस जब घरबाट निस्कन्छ, तब उस्ले विश्व यात्राको सपना देख्छ, शुरु गर्छ एक पाइलाबाट, धेरै कुरा देख्छ, भोग्छ, सोध्छ, छलफल गर्छ र नयॉ पहिचान गर्छ |
खुल्ला जमिन सकियो र सुरु भयो, जंगल यात्रा | यात्राकै क्रम्मा आईपुग्यो मयुर, लुइचे, कालिज, बादर, ढेडु, बदेल, स्याल र ब्वासाहरु बाटा भरि थिए | एउटा मनमोहक वातावरण फुर्दै थियो | यात्रा यति तीव्र गतिमा भएछकि निकै किलोमिटर पार भैसक्यो | सोहो अनुसार झमक्कै साझँ पर्यो, बाटो केहि नदेखिने भयो, तै पनि यात्रा रोकिने गरि भएको होइन | जति यात्रा अघि बढ्यो त्यतिनै घना जंगल र भिरालो बाटो आउँदै थियो, यो कुनै परिचित र सहज यात्रा, सुब्यबस्थित यात्रा थिएन | झन् झन् तल झर्दै गर्दा अप्ठ्यारा घुम्ति र भिर अनि हिंस्रक जीव जन्तुको संकेत देखिदै थियो | अगाडिको योजना र उद्देश्यको हुट्हुटिले सताएकोले औशीको मध्यरात केबल अन्धाको भुमिकामा भयो यात्रा | अब भिरको टाकुरोमा अन्त भयो यात्रा |
अब केहि सहज छैन, झण्डै सोचाइ पनि | यसो हात फैलाउदा एउटा पात भेटियो, तानेको हागां भेटियो, त्यसैको सहारामा रुखको कापे हागों फेला पर्यो | झण्डै १०० फिट उचाइको रुखको टुप्पो रहेछ, भिरमा उम्रेको | घण्टौ लगाएर रुखको फेदमा पुग्दा त पुरै हिस्रंक जनावरको झगडाको वातावरण तल, अरु चारैतिर एैना जस्तो भिर ! असंभव अवस्था, दैविक शक्तिको कल्पना मात्र संभव ! कपडाको स्वरुप छैन, च्यातिएको छ, पुरै शरिर रगतले लत्पतिएको छ, शरीर कामेको छ | लामो समयको सोच, बिश्राम पछि पुन: अर्को रुखको टुप्पो बाट यात्रा फेद तिर हुँदै भिर पार गरि डरलाग्दो खोच् नदि र झरनाको अावाज सुन्न थालियो | पुन: घण्टौ हिडेपछि ठुलो फाँट जस्तो बालुवाको फाकड भेटियो, वालुवाको बिचमा विशाल मान्द्रे ढुन्गो भेटियो | जताततै जंगलि जनावरको पाइलाहरु भेटिएको थियो | जेसुकै होस्, डर मानेर पनि केहि हुनेवाला थिएन, शरिरमा लाज ढाक्ने कपडा थिएन | ठाडो अड्न सक्ने अवस्था थिएन, त्यहि मान्द्रे ढुंगाको समथर मान्द्रोमा लम्पसार पर्ने बित्तिकै भसुक्कै निदाएछु |
जे होस् , स्वर्गीय आनन्दको अनुभुति भयो निन्द्रामा, घण्टौ पछि बिउँझिएछु, बुद्दको परिनिर्वाण यात्रा संझिएछु | झलयास्स हुँदा त हिजो जस्तो जुन बिछ्यौनामा सुतेको हो उहि बिछ्यौनामा रहेछु | दाजुको घर पनि होइन, बुद्दले निर्वाण प्राप्त गरेको नदि किनार जस्तो तस्विर पनि छैन | उठेर सपनाका हरफहरु कोर्ने इच्छा भयो, यँहा सम्म जस्ताको तस्तै भयो | यी मेरा भाउजुका कथाहरु, हर् नेपाली घर – घरका सपना अवश्य हुन् | दु:ख गरेर बालबच्चाको लालनपालन गर्दा पनि कोहि सन्तुष्ट नहुनुले कमाउनु र जोगाउनुको औचित्यमा नै प्रश्न उठ्न थाल्नु पटक्कै राम्रो कुरा होइन | यसले घुमाउरो रुपमा आर्थिक , पारिवारिक, सांस्कृतिक बिखन्डनलाई निम्ता दिदै पश्चिमा संस्कार भित्रिई हाम्रो मुल्यमान्यतामा हान्दैछ |
अन्तमा:
गोलि त्यो बहादुरलाई लाग्छ जो युद्दमा होमिन्छ | पिडा त मानवलाई हुन्छ ढुँगालाई के हुन्छ? भनेझै, हामिले हाम्रो जीवनलाई, जे जस्तो परिवेशमा भएपनि खुशि राख्न सक्नु पर्छ | यो भौतिक शुखले मात्र संभव छैन, मानसिक सुख र खुशी अनिवार्य छ |
अमिताब बच्चन र डोनाल्ड ट्रम्पलाई कोरोनाको प्रभावको खबरले उनीहरू पनि सन्तुष्ट छैनन् भन्ने प्रष्टै हुन्छ | डोनाल्ड ट्रम्प नोबल प्राइजबाट किन लालयित छन्? त्यसैले मानसिक खुशी जीवनको सबैभन्दा खुशी हो |
गौतम बुद्द राजा भएनन्, नेता मन्त्रि होइनन्, ब्यापारि होइनन्, नोबल प्राइज पाएका थिएनन् | कोहि कसैको साहराबिना किन विश्व प्रशिद्द भए ? आज म किन यो नाम उच्चारण गर्दैछु ? म कुनै धार्मिक मान्छे हुँदै होइन | किनकि उनले मानिसको दु:ख मानिस बाटै खोजि मानिसकै हितमा प्रयोग गरे | उनले जीवनको प्रयोगशालामा आफै अफ्नै प्रयोग गरि समाधान गरे | उनि कहिल्यै दुखी भएनन् | कयौ उध्योगपतिका यात्रा पैसाका कारणले रोकिएको होला तर बुद्दको यात्रा कहिल्यै रोकिएन | उनले असत्य कसैलाइ देखेनन्, केबल वैकल्पिक सत्य भने | सबैले आ- आफ्नै कर्ममा लागेर, त्यसैको फलबाट अधिकतम आनन्द प्राप्त गर्न सक्नु पर्दछ | यसको अर्थ त्यो बाहेक हात बाधेर बस्ने भन्ने होइन | जसरि आलिसान महल र बेडमा सुतेर पनि मान्द्रे ढुन्गामा सुत्दा स्वर्गीय आनन्द प्राप्त भयो | त्यसैले सबैभन्दा ठुलो शान्ति मनको शान्ति हो | तपाईको महान्यायधीश तपाइकै मन हो |

