• TOKHA LIVE

    • १२ आश्विन २०७७, सोमबार १८:४३

    यस्तो विज्ञानको जय होस् !

    • बाबुराम घिमिरे PHD SCHOLAR

    विध्यार्थी सिकाइमा शिक्षक, विध्यार्थी र अभिभावक तीन पक्ष हुन्छन् | यो सिकाइ मुलत : आधारभुत सिकाइको मान्यता हो | यो सिकाइ मुलत आधारभुत सिकाइको मान्यता हो | एमफिल, पिएचडिका पनि बिद्यार्थी हुन्छन्, तिनको सिकाइमा त्रिकोणात्मक सम्बन्ध हुन्छ भन्ने छैन ।किनकि त्यहाँ अभिभावकको संलग्नता अनिवार्य छैन | जबकि आधारभुत सिकाइ १५ बर्ष मुनिका, माद्यामीक २० बर्ष मुनिका हुने हुनाले नेपालको परिप्रेक्षमा पुर्ण त्रिकोणात्मक संबन्ध आपसमा बराबरि जिम्मेवार छन् | फाइदा भए मैले गर्दा , बेफाइदा भए तैले गर्दा भन्ने नीतिले त्रिकोणात्मक संबन्धलाई त्रिभुजको भुजाहरु लामो छोटो बनाउने कोसिस हुने गरेको छ |

    वास्तविक रुपमा यसलाई अब त्रिकोणात्मक मात्र नभनि समबाहु त्रिकोणात्मक संबन्ध भन्नुपर्छ |

    यो गुरुकुल सिकाइको युग होइन, जसले गुरुको बढि सेवा गर्यो उसैको फलिफाप हुने | यो घोकाइ र रटाइको युग पनि होइन, बुझाइको युग हो, किनकि विश्व बजारमा हाम्रो मार्कसिट बिक्दैन, सिप बिक्छ | कतै कतै मार्कसिट बिक्ला, सर्टिफिकेट काम छैन | कहि सर्टिफिकेट काम लाग्न पनि सक्छ जस्तै नेपालमा, तर एउटा प्रश्न किन यसलाई चारित्रिक प्रमाणपत्र भनिएको हो ?

    बिश्वभरका शिक्षालयमा सबै ठाउमा प्रमाण पत्रलाइ कसरि बुझिन्छ ? के के नामले संबोधन गरिन्छ? र के के भए पछि चरित्र राम्रो र अति राम्रो हुन्छ? विश्वमा महान कहलिएका मान्छे वा देवताका त्यो चारित्रिक प्रमाणपत्र छ त? किन छैन ? किन चाहिएन उनका प्रमाणपत्र ? जस्ले विश्व हल्लायो| के उनीहरू पढेर कि नपढि महान मान्छे भए ? गौतम बुद्द, भगवान श्रीकृष्ण ,जिसस क्राइष्ट, मोहम्मद पैगम्मर, महावीर जैन, कार्ल मार्क्स, हिटलर, महात्मागान्धि हँदै आज हाम्रा प्रधानमन्न्री सम्म आइपुग्दा, दोधार छ | तपाँइहरुको के राय छ?

    प्रश्न यो हो कि प्रमाणपत्रको हेर्न बाहेक के काम लाग्छ? यो हुँदा र नहुँदा के के भाछ ? र खासमा के हुनुपर्थ्यो ? कहिले र कसले चलायो, यो पद्दति ? त्यो पद्दति चलाउनु भन्दा पहिला समाजमा ज्ञान कसरि बाडिन्थ्यो ? सभ्यताको बिकास र प्रमाणपत्रको तालमेल कति छ ? विश्वमा कति प्रतिशत प्रमाणपत्र नक्कली छन् ? त्यो परंपरा भन्दा पहिला शिक्षा र सञ्चार कसरि संप्रेषित हुनथ्यो ? र भविष्यमा महान मान्छे हुन प्रमाणपत्र जरुरी छ कि छैन ? आफ्ना बालबच्चा संगै बसेर छलफल गरि म संग पनि छलफल चलाउने आशामा छु म त सबै संग | धेरै पहिला नभएको प्रचलन जसरि अहिले भयो, परिवर्तन भयो | ठिक त्यहि शुत्रले एकदिन मार्कसिट सर्टिफिकेट रहित युनिभर्स बन्छ भन्ने तर्क नै बैज्ञानिक हुन्छ |

    अप्ठ्यारो बाट सफ्ट्यारो बनाउनु सिप हो | सिप नै आजको सर्टिापिकेट हो | तपाँइको घरमा पानी, बिजुलि, बत्ति, धारा, टिभि, कम्प्युटर, मोबाइल, ल्यापटप बनाउने सबैका प्रमाणपत्र छन् ? नभएकाहरु काम गर्न जान्दैनन् हो ? उत्तर के हो ? कारण के हो ? मोटर, रेल, हवाइजहाज, रकेट र वायु यान बनाउनेहरु का प्रमाणपत्र नहुन सक्छन् | तर सिप ले दुनियामा महत्त्वपुर्ण भुमिका खेल्दछ | अधिकांस यस्ता उपलब्धिहरु प्रमाणपत्र विहिनहरूको पाइन्छ | तसर्थ प्रमाणपत्र एउटा आडंबर मात्र बन्न जान्छ | सामानको टिकाउ र माग अनुसार बजार लिन्छ उल्लेखित उपलब्धिले नकि चारित्रिक प्रमाणपत्रले | यहि हो मैले बुझेको आजको वास्तविक विज्ञान !

    विज्ञानको एउटा ज्वलन्त प्रश्न जेल किन चाहियो होला ? मान्छे थुन्न |किन थुन्ने? मान्छेले गल्ति गर्छ | विश्वका महान मान्छे पनि जेल जानु पर्दोरहेछ | के जेल दुई प्रकारका हुन्छन् ? मान्छे समात्ने पुलिस पनि दुइ प्रकारका हुन्छन् ? न्यालय न्याधिस त दुई प्रकारका हुदैनन् नि ? कि त ब्यबहारले त्यसो भन्दैन ? वास्तवमा फरक हुनुहुदैन | लाग्छ, बिल्कुल फरक छैन, सबै एकै प्रकारका हुन्छन् |बिल्कुल पृथ्वी गोलो छ भन्दा बैज्ञानिकलाई हेमलक बिष खुवाइयो | आज सम्मको अध्ययनमा कोहि बेला अपराधि भनिएका मान्छे कोहि बेला महान कहलिन्छन् र तिनैले आज उपदेश दिइरहेका छन् | त्यसो भए सत्य पनि समय, शासक र मान्छे अनुसार फरक हुने रहेछ भन्ने पुष्टि हुन्छ | यहि हो मैले बुझेको विज्ञान !

    संसारमा वीसौ बर्ष जेल बस्दा सम्म पनि मुद्दाको छिनोफानो नभइ मुद्दाको फैसला हूँदा निजको मृत्यु हुने र पछि फैसला मृतकको पक्षमा आउने | निर्दोष मान्छे वीस वर्ष थुनिनु भनेको अर्को महा-अपराध होइन र ? के अब न्याधिसलाई जेल हाल्दा न्याय हुन्छ ? कि अर्को अन्याय हुन्छ? राजनितिक परिवर्तन संगै न्यायाधीसहरू पुन: जेल हालेका घटनाहरु छिमेकि देशहरु पनि छन् | सायद धेरै कारण मध्ये यो पनि एक हुन सक्छ | न्यायलयले राज्य सत्ता ऊल्टाउने खेलमा लागेका उदाहरणहरु पनि छन् |

    यी ठिक बेठिक के के हुन् आ-आफ्नै ब्रम्हको बिषय हो | निष्कर्षमा राज्य सञ्चालन एउटा प्रणालिले गर्दछ, त्यो प्रणालि ब्यक्ति बिशेष, दर्शन बिशेष, नेता बिशेषको नेतृत्वको सोचमा निर्माण गरिन्छ | उसले त्यो प्रणालिको निर्माण गर्दा निकै सोचबिचार गरेर देश, जनता र दुँनिया सबैलाइ राम्रो गर्छ भनेर बनाइएको हुन्छ |तर त्यो उसको निजि विचार हो | सबैको विचार के फरक हुन्छ, त्यो दोस्रो विषय हो | यदि कसैले फरक विचार, तर्क, अवरोध गरेमा सफाय गर्न तयार हुन्छ | यसैकालागि जेल, पुलिस र न्यायलय चाहिएको हो | यसमा पनि शिक्षक, बिधार्थी र अभिभावकको जस्तै संबन्ध हुन्छ | त्यति मात्र होइन समबाहु त्रिकोणात्मक सम्बन्ध हुन्छ | यी सबै संग प्रमाणपत्र हुन्छ, चारित्रिक प्रमाणपत्र हुन्छ |चोर नं….., जेल नं……,हुन्छन्, यद्यपि जेलका सबै क़ैदी चोर, भनौ कैद भोग्नै परेर भोगेका हुँदैनन् | तिनका छातिमा प्रमाणपत्र टाँसेर चारित्रिकताको उपहास गरिन्छ ।याने प्रमाणपत्रको उपहास | सबैको परिचयपत्र वा प्रमाणपत्र छाप्ने त एउटै मेसिन हो | सबैको परिचय पत्र र प्रमाणपत्र हेरेर पहिचान बनाइन्छ मान्छेको | आखिर सबैको चरित्र त हो, मात्र फरक फरक चरित्र, केबल फरक फरक बुझाइ र ज्ञानको कारणले | मानव सहित सबै प्राणिका विकासक्रम विकास भन्दा अर्को नियमबाट संभव छैन |

    अब निष्कर्षमा समस्या कँहा हो त ? समस्या हो शिक्षामा | शिक्षा दिने सहजकर्ता, सिक्ने सिकारु, वातावरण मिलाउने अभिभावक समन्वयकर्ताहरु, वीच यदि चेक एण्ड ब्यालेन्स गर्न सके जेलहरु बिश्वबिद्यालयमा परिणत हुनेछन्, पुलिसहरु अभिभावक हुनेछन् र न्यायधिस शिक्षक हुनेछन् | त्यतिखेर कोहि चोर, पुलिस र न्याधिस हुदैनन् भनौ आवश्यकै पर्दैन | राज्यभर सबैको एउटै विचार, शिक्षा एउटै, दिक्षा एउटै, एउटै रोड म्याप, सुख, समृद्दि, शान्ति र संभ्रान्तका परिभाषाहरु बदलिनेछन् | सारा शंका, उपसंकाहरु बदलिनेछन्, अन्त्य हुनेछन्, यहि हो समाजको ज्ञान विज्ञान |

    यो विज्ञानको विजय हाल सम्म भैसकेको छैन | त्यसैले आजको विध्यार्थी सिकाइमा, शिक्षकले जानेको भन्ने घमण्डको अन्त्य, विध्यार्थीले मैले मेरो इच्छा विपरित पढ्नु पर्यो, पढेर जागिर पाँइदैन, जागिरमा पनि पैसा राम्रो पाइदैन भन्ने कमजोर सोँचको अन्त र अभिभावकलाई के चाहियो, फिस तिरे पछि ग्रेड, भने जस्तो उत्कृष्ट चाहियो, अरु हामी जान्दैनौ | यी स्वभाव र घमण्डि प्रवृत्तिको अन्त्य गरि सहकार्य र सहजताका साथ सिपयुक्त्त शिक्षामा सबै एउटै बुझाइमा अघि बडौ भन्ने विज्ञानको चाहाना हो | यहि विज्ञानले समाज बदल्न सक्छ, सबैले विज्ञानले बुझौ, विज्ञानले पनि सबैलाई बुझ्छ, तयसैले विज्ञानको जय होस् !

    Facebook Comments

    सम्बन्धित खवर

    दोलखा भीमसेनको गाथाः

    मतको मूल्य र राष्ट्रको भविष्य

    अचम्मको ज्ञान ! 🌸

    जग्गा वर्गीकरण र गथामुग: चह्रे

    छुटाउनुभयो कि? सबै