शिरिष पौडेल
टाेखा लाइभ असोज ११ काठमाडौं
विश्व पर्यटन दिवसको अवसरमा बुढानिलकण्ठ -२ सुन्दरटार स्थित नवनिर्मित कालिका पार्कमा वृक्षारोपण र पार्कका विभिन्न आयामहरुका बारेमा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
नवनिर्मित पार्कमा विभिन्न प्रजातिका वोट विरुवाहरु रोप्ने र वडाबासीहरुलाई यस पार्कले बुढानिलकण्ठ नगरपालिकाको पर्यटन प्रवर्दन कसरी हुन्छ भन्ने बारे छलफल गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
वुढानिलकण्ठ नगरपालिका वडा नं २ को आयोजनामा भएको उक्त कार्यक्रममा नगरपालिकाका नगर प्रमुख उद्दव खरेल , वडा अध्यक्ष राजेन्द्र खड्का , वडा सदस्य राजेन्द्र श्रेष्ठ , वडा सदस्य ज्ञानु कार्कि (थापा) ,नगरपालिकाका सल्लाहकार सुन्दर पुर्कुटि , विभिन्न टोलसुधार समितिका प्रतिनिधिहरु लगाएत स्थानियवासीहरुको सक्रीय सहभागीता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख उद्दव खरेलले नगरपालिकाले लिएको “ सफा पर्यटकिय नगर बुढानिलकण्ठ” को नारालाई सफल बनाउन यस पार्कले ठुलो भुमिका खेल्ने बताएका छन् ।
यसका साथै यो पार्क जस्तो अरु आन्तरिक संरचनाहरुको निर्माण र बुढानिलकण्ठ नगरपालिका को पर्यटन प्रबर्धनमा मद्दत पुर्याउने हेतुले बुढानिलकण्ठ पर्यटन बोर्डको गठन गरीएको पनि बताएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै आयोजकको तर्फबाट वडा अध्यक्ष राजेन्द्र खड्काले यस पार्कको संवर्धनका र प्रचारको लागी आफ्नो तर्फबाट पुरा सहयोग हुने बताउँदै यसमा स्थानियको भुमिका ठुलो भुमिका रहने बताएका छन्।
वडानं २ मा अरु वडाको तुलनामा बढि पार्क, मठ मन्दिर रहेकोले बुढानिलकण्ठको आन्तरिक र वाह्य पर्यटनमा ठुलो हात रहेको र यसमा स्थानियको ठुलो साथ र सहयोगको अपेक्षा रहेको बताएका छन् । उक्त अवसरमा विभिन्न प्रजातिका करिव २० वटा वोट विरुवा रोपेर पार्कमा वृक्षारोपणको थालनि गरिएको हो।
(शिरिष पौडेल सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )

