• TOKHA LIVE

    • १० आश्विन २०७७, शनिबार ०५:२४

    जीवनमा यदि संस्कार, अनुशासन र मर्यादा भएन भन्ने…,,,

    • बाबुराम घिमिरे PHD SCHOLAR

    जीवनमा सफलताको चाहाना नराख्ने मानिस सायदै होलान् | तर सफलता त्यसै प्राप्त हुने चिज होइन | फलत: सफलता सिमित ब्यत्तिले मात्र प्राप्त गर्छन् किन? यिनै प्रश्नको ऊत्तर खोज्नका लागि मैले कलम चलाउने प्रयत्न गर्दैछु | जसले गर्दा बिद्यार्थि जीवनमा सफलता पुगोस् भन्ने मेरो अभिलाषा, जसले सबैलाइ लाभान्वित गर्नेछ, त्यो नै हो अनुशासन हो | आज कुनै पनि सरकारी बिद्दयालयमा आफ्ना बालबच्चा पढाउनु भनेको सक्षम अभिभाबकले यसलाइ घृणाको बिषय बनाएका छन् | यो बिषयको निराकराण गरि त्यसमा सुधार र परिवर्तन ल्याउनु शिक्षक कर्मचारि सबैको ठुलो दायित्व हो जुन चुनौती बनेको छ |

    अनुशासनका बारेमा कलम चलाउन लाग्दा त्यत्ति सजिलो महसुस भएको छैन | किनकि अनुशासनका आआफ्नै अर्थहरु सञ्चारित र तरङ्गित हुने गर्दछन् |यसको कारण कुन बस्तु कुन भुगोलमा उत्पन्न भयो ? कुन प्राणि कुन कुन वातावरणमा अनुकुलित भयो ? कुन नेता कुन मुद्दाको उत्थानले अगाडि आयो ? कुन शिक्षक कुन बिषय, कहाँ ज्ञान हासिल गरेर भयो ? कुन परिबेस, परिस्थिति, कुन युगको अबस्थामा अबस्थित भएर ऊ बिद्द्यार्थीलाई ज्ञान दिन तयार छ ? त्यसैको आधारमा एउटा वातावरण तयार हुन्छ, त्यहाँ भित्र राष्ट्र, समाज, परिवार, बिद्यालय, बिद्यार्थी हुँदै ब्यत्तिगत आचरणमा परिणत भएर अनुशासनको विकास हुन्छ |

    बिद्यालय सबल हुनकालागि प्रशासन सबल हुन जरुरी छ |प्रशासन मुहान हो, मुहान सङ्लो भएमा खोलामा पानी सङ्लो हुन्छ | अझ भनौ प्रअ सत्ता हो, त्यो सत्ताको नायक लायकको हुनुपर्छ | त्यहि हो स्थानीय शिक्षाको मुहान जो आफु संग्लियर अरुलाई स्वच्छ देख्नु पर्छ | प्रशंग विकास र बिस्तारको हो। शैक्षिक संस्थामा देखिएको प्रशासनको इतिहास घिन लाग्दो छ | कुनै निति नियममा आधारित नभई ठाउ र परिबेश अनुशानको ब्याख्या गरेर प्रअ छनौट हुन्छ, सबै भन्दा घृणाको शुरुवात यहि बाट हुन्छ |
    बिद्वानहरुका अनुसार प्रशासान सर्बब्यापी छ, तर व्यक्ति -व्यक्तिसंग मिलेर संबन्ध बिस्तार गर्नु पर्छ | आलोचना,सुझाव र सल्लाहको कदर गर्नुपर्छ, यो त साझा काम हो | साझा लक्ष्य र उद्देश्य प्राप्तिका लागि सञ्चालन गरिने गतिविधि र संम्पूर्ण प्रशासनका अंगहरुलाइ अनुशासित राख्न सक्नुपर्दछ र त्यसले कुनैपनि संस्थालाई विकसित रुपमा लैजान्छ | यो परिवारका सदस्य र घरमुलिको बिचमा हुन्छ, समाज र समाजका प्रमुख बिच लागु हुन्छ, नगरवासी र मेयरका बीच हुन्छ, यो प्रधानमन्त्रि र मन्त्रिहरुका बीचमा लागु हुन्छ | भने प्रअ र शिक्षक कर्मचारि बीच त लागु हुने नै भयो | यी सबै तहमा सबैले समान अनुशासन पालना गर्न जरुरि हुन्छ, नेपालमा यो नै समस्या हो यस्को मुल कारण अनुशासनमा बिकासको क्रम र स्तरोन्नति नहुनु हो | तसर्थ भोलिका पुस्ताहरूले यसलाइ गंभिर मनन् गरि अनुशासनको क्षेत्रमा आजैदेखि, जगैदेखि बिकास गर्न जरुरि देखिन्छ | त्यो करबल र कानुनि बाध्यताको अनुशासन होइन, भित्रैबाट स्विकारोत्ति सहितको अनुशासन हुनुपर्यो भन्ने नै हो |
    सार्बजनिक रुपमा रास्ट्रपति देखि सबै तहका सरकारि जागिर खानेका दश पुस्तेको आघारभुत देखि उच्च तहसम्म कहाँ कहाँ पढे ? तिनको खर्च बिबरण जनताले थाहा पाउनु पर्यो | न्युनतम शिक्षा क्षेत्र भन्नाले शिक्षा मन्त्रि देखि बिद्यालयका सहयोगी सम्मले बालबच्चा अनिवार्य सार्वजनिक सामुदायिक बिद्यालयमा पढाउनु पर्यो | हो व्यापारिलाई अनिवार्य गर्न नसुहाउला ! कुट्नितिक आयोगका बिदेशिलाई नसुहाउला ! हो ! धार्मिक र भाषाका कतिपय बिद्यालयलाई छुट दिन सकिएला ! भनौ , छलफलको बिषय हुन सक्छ | निजि शिक्षालाई यो भन्दा पनि मर्यादित बनाउँ केहि आपत्ति छैन | तर खुल्मखुल्ला सरकारिजनहरु निजि शिक्षाका वकालत गर्दै हिड्नु त आपराधिक गतिबिधि भित्रै पर्दैनर?
    त्यो प्रसंगलाइ पुरै बदलेर अर्को तथ्य अहिले देश भित्र कार्यरत सरकारि तलब भत्ता वा कुनै पनि बहानामा सरकारि बजेटको सुबिधा प्राप्त गर्नेहरुको तथ्यांक सामुदायिक बिद्यालय वा कलेज वा युनिभर्सिटिबाट र निजि स्तरबाट कति कति प्रतिशत उत्पादन भए ? कुन उत्पादनले देश चलेको हो | शिक्षाका रास्ट्रिय उदेश्यमा लेखिएका हरफहरुको कार्यन्वयन पक्ष बारे डाटा निकालि बिश्लेष गरौ र सोहि आधारमा शिक्षा निति निर्माण गरौ | यतिखेर सामुदायिक बिद्यालयको स्तरमा निजिहरु पत्ताल पुगेको तथ्य आउने छ | यसको अर्थ यो होइन कि लेखको आसय सामुदायिक बिद्यालयको बयान गरौ | नब्बे प्रतिशत सुधार मैले देखेको छु जुन क्षेत्रमा म संलग्न छु | तर निति निर्माता विचारहरु यि विषयमा अनभिज्ञ भएर पेन्सन थाप्छन्, यो सोह्रै आना भ्रष्टाचार भएन र?

    त्यति मात्र होइन, उल्लेखित बिषयमा जानकारिकै अभावमै नेता कर्मचारिको सत्तोसराप गर्छ, नब्बे प्रतिशत सुधारको कुरो स्विकारे पछि गालि त खानै पर्यो नि भन्ने सबाल आउछ नै | तर एक पटक कमजोरि देखेपछि त सदाका लागि सुधार हुनुपर्यो नि त ? ठिक छ जति गालि पनि पच्छ | केबल गालि, के का लागि गालि ? अरुलाइ दोषी बनाइ आफु पन्छने होइन कि शक्त्तिको भरपुर प्रयोग र सदुपयोग गरि देशलाइ समृद्दि तिर लाने प्रण गरेसि, सामुदायिक बिद्यालय कसरि सुधार नहोलार ? अनि हरेक ब्यक्तिको अनुशासनको विकासले जीवनमा कसरि सुधार नहोला र ?

    Facebook Comments

    सम्बन्धित खवर

    दोलखा भीमसेनको गाथाः

    मतको मूल्य र राष्ट्रको भविष्य

    अचम्मको ज्ञान ! 🌸

    जग्गा वर्गीकरण र गथामुग: चह्रे

    छुटाउनुभयो कि? सबै