Trending now
वर्षाका कारण एनपीएलको खेल रद्द, लुम्बिनी र चितवनले अंक बाँडे
२०८३ कार्तिक १४, शनिवार
प्रहरी धरपकड र पक्राउविरुद्ध पत्रकारहरु सडकमा
२०८३ कार्तिक १४, शनिवार
‘काठमाडौं कथा नै कथामा बाँचेको सहर हो’ : कार्यवाहक प्रमुख डंगोल
२०८३ कार्तिक १४, शनिवार
तिहार फ्लोरा एक्स्पो कात्तिक १७ देखि, ७३ स्टल रहने
२०८३ कार्तिक १३, शुक्रवार
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा गर्ने
२०८३ कार्तिक १३, शुक्रवार
रामहरि रिमाल
टाेखा लाइभ असोज ६ नुवाकोट :
जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय नुवाकोटले नदीको दोहन गर्ने पाँच क्रसर उद्योगहरु सिल गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरे नेतृत्वको अनुगमन टोलीले अनुगमन गरेर मापदण्ड विपरित सञ्चालनमा रहेका क्रसरमा सिल गरेको हो ।
सहायक सिडिओ गैरैको नेतृत्वमा गठन गरिएको अनुगमन तथा छानबिन टोलीले तादी खोलाको किनारमा संञ्चालित क्रसरहरु अनुगमन गर्दै नियम बिपरित संचालन गरिएका क्षेत्रपाल क्रसर, तादी गाउँपालिका वडा नम्बर १ मा रहेको सुर्यकुण्ड रोडा ढुङ्गा उद्योग प्रालि, तादी गाउँपालिका वडा नम्बर ३ मा रहेको दुप्चेश्वर रोडा ढुङ्गा क्रसर उद्योग प्रालि र पंञ्चकन्या गाउँपालिका वडा नम्बर २ मा रहेको नेशनल लाईभ एण्ड स्टोन कम्पनी प्रालिमा ताला लगाएको हो ।
यसअघि नुवाकोट प्रहरीले विदुर नगरपालिका वडा नम्बर ५ मा रहेको वर्डस्टोन क्रसर अवैधरुपमा संचालन भएको भन्दै सिल गरेको थियो । सर्वाेच्च अदालतले जिल्लामा अवैध रुपमा रहेका क्रसरहरु बन्द गर्न निर्देशन दिएपनि भुकम्पपिडित र सडक आयोजनाको नाममा क्रसरहरुले लामो समयदेखि खोलाको दोहन गर्दै आएका थिए ।

