नुवाकोट, २२ असोज / घरेलु विवादले उग्ररूप लिएपछि शिवपुरी गाउँपालिका–७ का जीतमान तामाङले आफ्नी ४९ वर्षीया श्रीमती सविनाको खुकुरी प्रहार गरी हत्या गरेका छन्।
जिल्ला प्रहरी कार्यालयका डीएसपी विक्रम लामाका अनुसार मङ्गलबार साँझ भएको घटनामा सविनाको घटनास्थलमै मृत्यु भएको हो। घटना सार्वजनिक भएपछि प्रहरीले तत्कालै जीतमानलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।
प्रारम्भिक बयानमा उनले आवेशमा आएर श्रीमतीको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ।

