• TOKHA LIVE

      TOKHA LIVE

    • ५ आश्विन २०७७, सोमबार ०९:५४

    मदन भण्डारी फाउन्डेसन बुढानिलकण्ठले कपन ह्यान्डबल मैदानमा रक्तदान कार्यक्रम गर्ने।

    टाेखा लाइभ असोज ५ काठमाडौं

    मदन भण्डारी फाउन्डेसन बुढानिलकण्ठ नगर कमिटिको आयोजनामा असोज ७ गते कपन ह्यान्डबल मैदानमा रक्तदान कार्यक्रम हुने भएको छ।

    कोभिड -१९ को महामारीका कारण रगतको अभाव भएको अवस्थालाई मनन गरेर असोज ७ गते बुधवार बिहान ८ बजे देखि १२ बजे सम्म आयोजना गरिएको सो रक्तदान कार्यक्रममा इच्छुक रक्तदाताले सहभागिता जनाउन सक्ने आयोजकले जानकारी दिएको छ।

    संबिधान दिवसका अवसरमा सप्ताह ब्यापी कार्यक्रम अन्तर्गत कपन क्षेत्रमा उक्त कार्यक्रम आयोजना गरिएको हो। यस अघि असोज २ गते बुढानिलकण्ठको हात्तीगौडामा रक्तदान कार्यक्रम सम्पन्न भैसकेको छ।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै