• TOKHA LIVE

      TOKHA LIVE

    • ३१ भाद्र २०७७, बुधबार १८:२३

    बुढानीलकण्ठ नगरपालिकामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि:-

    टाेखा लाइभ ,भाद्र ३१काठमाडौं

    पछिल्लो २४ घण्टामा बुढानीलकण्ठ नगरपालिकामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संगै नगरपालिकामा संक्रमितको कुल संख्या ३७९ पुगेको छ।

    भाद्र ३१ पुष्टि भएका संक्रमितहरुको वडा नं २, ४, ५, ६, ८, ९, १०, ११ र १२ का रहेका छन्। जस अनुसार वडा नं २ भंगालका ४२ वर्षिया एक पुरुष र ३९ वर्षिया महिला,वडा नं ४ घुम्ति पासिकोटका ८५ वर्षिया एक पुरुष, ४५ वर्षिया र २८ वर्षिया दुई महिला रहेका छन भने वडा नं ५ डाईमण्ट स्कूल नजिकका २८ वर्षिया एक पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ।

    त्यस्तै वडा नं ६ सेराफाँटका २० वर्षिया एक पुरुष र ३९ वर्षिया एक महिला, भद्रकाली दुध डेरी नजिकका ३९ वर्षिया एक पुरुष

    वडा नं ८ हात्तिगौँडा चोकका २८ वर्षिया एक महिला र वडा नं ९ सुकेधाराका २८ वर्षिया एक पुरुषमा कोरोना संक्रमण देखिएको छ।

    भाद्र ३१ गते वडा नं १० भण्डारी गार्मेन्टका ३५ वर्षिया एक पुरुष, कपनका ६७ वर्षिया एक पुरुष, भृकुटी चोकका १९ वर्षिया एक पुरुष,वडा नं ११ पार्वती चोककी ३८ वर्षिया एक पुरुष र वडा नं १२ फैका चोकका ४४ वर्षिया एक पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ।–कपनअनलाइनबाट

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै