• TOKHA LIVE

    • ३१ भाद्र २०७७, बुधबार ०६:३८

    बुढानिलकण्ठ -१० मा आर्थिक अवस्था कमजोर भएका ९० परिवारलाई खाद्यान्न सहयोग:-

    बिबेक पनेरु

    टाेखा लाइभ भाद्र ३१ काठमाडौं ,

    कोरोना महामारीको कारण लामो समयसम्म गरिएको लकडाउनले रोजगार गुमाएका र आर्थिक अवस्था कमजोर भएकालाई मध्यनजर गर्दै मंगलबार बुढानिलकण्ठ नगरपालिका वडा -१० को विशेष पहल र यूवा संजालको सहजीकरणमा खुशी फाउन्डेसनले खाद्यान्न सहयोग गरेको छ । यस राहत वितरण कार्यक्रमा आर्थिक अवस्था निकै नै कमजोर भएका वडा -१० का करिब ९० घरपरिवारलाई सहयोग गरिएको हो ।

    सो अवसरमा वडाले पहिचान गरेका परिवारहरुलाई चामल ,तेल, चिउरा, आलु जस्ता घराएसि खाद्यान्न वितरण गरिएको थियो। कोरोना महामारी र लकडाउनले खान लाउन गार्हो परेको अवस्थामा सहयोग पाएपछि राहत पाउनेहरुको अनुहारमा एकदमै खुशी र हर्षित भएको देखिन्थ्यो।

    सो अवसरमा वडा नं-१०का वडा अध्यक्ष नवराज भटराईले कोरोना महामारीको कारणले गरिबीको चपेटामा परेकालाई खाद्यान्न सहयोग गरेकोमा आशा फाउन्डेसनलाई धन्यवाद दिएका थिए ।

    (बिबेक पनेरु सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् )

    Facebook Comments

    छुटाउनुभयो कि? सबै