(शोभा तामाङ/ प्रनेल महर्जन)
टाेखा लाइभ ,काठमाडौं, भदौ २९
बुढानिलकण्ठ नगरपालिका वडा-७ मा हालसम्म १८ जना संक्रमित भएका छन् भने १३ जना निको भइ जम्मा ५ जनामात्र सक्रिय संक्रमितहरु बाकी रहेका छन्। संक्रमितहरु ५ जना स्वयं होम आइसोलेसनमा बस्दै आइरहेका छन्। उनिहरुको अवस्था सामान्य रहेको वडा अध्यक्ष बसनारायण महर्जनले बताउनुभयो।
संक्रमितहरुको घरघरमा गइ उनीहरुसङ्ग भेटघाट गरि संक्रमितहरुलाइ स्वास्थ्य सामग्री सहित आत्मबल बढाउने कार्यहरु जनप्रतिनिधिहरुले गर्दै आइरहेको छन्।
बुढानिलकण्ठ वडा ७ का वडा अध्यक्ष बसनारायण महर्जनको अनुसार बुढानिलकण्ठ नगरपालिकाको कार्यपालिकाको निर्णय अनुसार १-४००० पोषण भत्ता सहित बिरामी रेखदेख गर्नेलाइ रु २००० भत्ता दिने भएको छ भने एउटै परिवारमा दुई जना संक्रमीत भएमा रु.६००० भत्ता दिने व्यवस्था भएको छ।
यसरी पोषण भत्ता दिने व्यवस्था भएपनि कतिपय अग्रज ब्यक्तीहरुले आफुहरु संक्रमित भएपनी पोषण भत्ता लिएका छैनन्। बुढानिलकण्ठ नगरपालिका वडा-७ का जनप्रतिनिधिहरु वडा अध्यक्ष बसनारायण महर्जन, राम बहादुर थिङ, सबित्रा ढकाल र अनिता पुर्कुटीहरु यतिबेला सक्रिय भइ समस्य समाधान तथा व्यवस्थापन लगायत स्थानीय गतिविधिहरुमा सहभागी भइ संक्रमितहरुको आत्मबल बढाउने कार्य गर्नु तथा उपचारमा सहयोग गर्नु लगायत वडाबासीमा जनप्रतिनिधिहरु रहेका आभाष गराउन सक्नु ठुलो उपलब्धि मान्न सकिन्छ।

