• TOKHA LIVE

    • २९ भाद्र २०७७, सोमबार १०:४३

    बुढानिलकण्ठ -२ को भङ्गाल युवा क्लबमा नयाँ कार्यसमिति चयन।

    टाेखा लाइभ,भाद्र २९ काठमाडौं

    बुढानिलकण्ठ नगरपालिका वडा न.२ भङ्गाल युवा क्लबको अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ।

    भङ्गाल युवा क्लबका निवर्तमान अध्यक्ष दिपेन्द्र थापाको अध्यक्षता र बुढानिलकण्ठ नगरपालिका वडा नं २ का वडा अध्यक्ष राजेन्द्र खड्काको प्रमुख आतिथ्यतामा भएको अधिवेशनले अरुण थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ। त्यसै गरि क्लबको उपाध्यक्षमा नबिन पन्डित ,सचिवमा प्रभल लामिछाने,कोषाध्यक्षमा अशिम लामिछाने ,उपसचिवमा निता खड्का र सदस्यहरुमा क्रमशः कोपिला लामिछाने,आयुश लुईटेल ,प्रजोल थापा ,दिपेस खत्री , साधना गौतम र प्रेक्ष्या पन्डि लगायतलाई कार्यसमितले चयन गरिएको छ।

    क्लवका निवर्तमान अध्यक्ष दिपेन्द्र थापाले आफू कार्यसमितिमा रहदाको अनुभव साटदै आगामी दिनमा नयाँ कार्यसमितिले गर्ने कार्यहरुमा समेत साथ सहयोग रहने बताउदै नयाँ कार्यसमितिका सबै पदाधिकारीहरुलाइ बधाइ एवम शुभकामना व्यक्त गरेका थिए ।

    कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष राजेन्द्र खड्काले भङ्गाल युवा क्लबले गरेका कामहरुको प्रसंशा गर्दै सामाजिक कार्यमा थप सक्रिय हुन् आग्रह गरेका थिए।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै