(विपिन महर्जन )
भाद्र २८ गते,खडका गाउँ ।
१०८ औं बि. पि जयन्तीकोको अवसरमा हात्तीगौडा रक्तसंचार कोष द्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । हिजो भाद्र २७ गते भएको रक्तदान कार्यक्रममा ५७ जनाले रगत दान गरेका थिए। कार्यक्रम खड्का भद्रकाली न्यु भिजन क्लबमा बिहान ८ बजेदेखि १२ बजेसम्म भएको थियो।यो ३८ औं पटकको रत्तदान कार्यक्रम हो। हिजो भाद्र २७ गतेका दिन १०८ औं बि. पि जयन्तीकोको अवसरमा हात्तीगौडा रक्तसंचार कोष द्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा पुर्ब रक्षा मन्त्री तथा नेपाली काङ्ग्रेसका साम्सद / केन्द्रिय सदस्य भिमसेनदास प्रधानको उपस्थिति थियो। त्यसैगरि हात्तीगौडा रक्तसंचार कोषका संस्थापक अध्यक्ष श्याम बहादुर खड्काको पनि उपस्थिति थियो।
कोरोनाको संक्रमण बढिरहेको बर्तमान जटिल अवस्थामा मानिसलाई रगतको झन् बढि अभाव भएको हुनाले र प्रत्येक मानिसले ३ महिनामा १ पटक रक्तदान गर्नु पर्ने कुरा निबर्तमान कोषका अध्यक्ष राजु भण्डारीले बताउभयो। कार्यक्रममा वकिल , समाजसेवी , राजनितिज्ञ, पत्रकार , प्रहरी तथा विभिन्न क्षेत्रका अन्य विशिष्ट ब्यक्तिहरुको पनि बाक्लो उपस्थिति थियो।

