• TOKHA LIVE

    • २५ भाद्र २०७७, बिहीबार १२:२३

    सिंहदरवार वाहिर पनि सचेतता छ है!

    • धनमती भण्डारी

    एक गाँस खानकै लागि दैनिक खुल्ला मञ्च र रत्नपार्कको सडको पेटीमा धाउनै पर्ने नेपालीहरूको अहिले दैनिकी बनेको छ ।

    सरकारले गरिब निमुखाहरुको उद्दारको लागि सम्बेदनशील भएर कुनै ठोस निति लिएको पाईएको छैन । विश्वमा विभिन्न मुलुकमा कोरोना समय सम्मका लागी मात्र भए पनि गरिब र भोकमरीका कारणले आफ्ना देशका नागरिकहरुलाई दु:ख कष्ट भोकमरी बेहर्नु नपरोस् भनेर नागरिकको खातामा समान तरिकाले राहत बितरण गरीरहेका छन् र आपत्कालीन बिपत व्यवस्थामा सरकार भएको आभास दिलाएका छन् ।

    तर हाम्रो देशको बिडम्बना ! एक मानो चामल बितरण गर्दा २०\२५ जना ले सेल्फी खिचेर गरिबिको मजाक उडाएका हुन्छन् । थोरै राहत आउछ त्यसैमा पनि भष्ट्राचार हुन्छ यहाँ कति निर्लज्ज हुनसकेका हाम्रा देशका जन प्रतिनिधीहरुले !

    अहिले हाम्रो देशको अवस्था कहाली लाग्दो छ । अहीलेको कहालिलाग्दो देशको अबस्थाले सरकारलाई छुन्छ की छुँदैन छुओस् पनि कसरि दैनिक मिटिङ भत्ता तलब छदैछ त्यसैमा देशको ढुकुटीको तालाचाबी आफ्नै हातमा छ मनलागे को बेला विभिन्न शिर्षकमा बजेट पास गर्यो आफु र आफ्ना आसेपासेलाई खुशी राख्न बजेट पास गरिहाल्छन् । आसेपासे बलिला भए पछी सरकार बलीयो त भैहाल्छ । देश बलियो हुनु परेन देशका नागरिक बलिया हुनु परेन।

    किनकी नेपाल भन्ने देश त तिनीहरूका लागि सिहदरबार भित्र मात्र रहेछ । सिहंदरबार बलियो भए पछी सिंहदरबारको गेट भन्दा बाहिरको नेपाल भन्ने देश बलियो नभए पनि हुदो रहेछ । किनकी सिहदरबार भन्दा बाहिरको नेपाललाई त मित्रराष्ट्र ठान्दा रहेछन् । हेक्का रहोस् महोदय, यी नै सिहदरबार भन्दा बाहिरको नागरिकले नै त्यो स्थानमा पुर्याएका थिए । यस्तै अवस्था रहिरहयो भने सधै यसै गरि दाताहरुले दिएको सडको एकगाँस खाएर दैनिकी गुजार्नु पर्यो भने एक दिन तपाईहरूको राजसी ठाटबाठलाई नाङ्गेझार पारेर यस्तै सडको पेटीमा ल्याएर पछार्ने छन् ।समयमै सचेत हुन अन्तर आग्रह गर्दछु । हेक्का रहोस् ! सिहदरबार भन्दा बाहिर पनि एउटा सुन्दर कल्पना बोकेको नेपाल छ ।

    Facebook Comments

    सम्बन्धित खवर

    दोलखा भीमसेनको गाथाः

    मतको मूल्य र राष्ट्रको भविष्य

    अचम्मको ज्ञान ! 🌸

    जग्गा वर्गीकरण र गथामुग: चह्रे

    छुटाउनुभयो कि? सबै