• TOKHA LIVE

    • २४ चैत्र २०७९, शुक्रबार ११:१२

    टोखा झोर महाँकालमा बन्ने भयो ३५ फिट अग्लो बुद्धको मूर्ति

    टाेखालाइभ डट कम/ चैत्र २४,२०७९

    काठमाडौं । टोखा नगरपालिका वडा १ स्थित झोर महाँकालमा ३५ फिट अग्लो बुद्धको मूर्ति निर्माण हुने भएको छ ।

    टोखा १ का स्थानीय श्रीबहादुर तामाङको अध्यक्षतामा झोर महाँकाल बुद्ध मूर्ति निर्माण उपभोक्ता समिति मातहतमा उक्त बुद्धको मूर्ति निर्माण हुन लागेको हो ।

    टोखा नगरपालिकाको नगरस्तरी बजेटमा निर्माण हुन लागेको उक्त मूर्ति निर्माणको गत मंगलबार टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले शिलान्यास गरेका थिए ।

    टाेखा नगरपालिका वडा १ का निर्वतमान अध्यक्ष श्रीकृष्ण अधिकारीको पालामा दुई वर्ष अघि नै सो मूर्ति निर्माणको कार्य अगाडि बढेको भएता पनि यस वर्षमात्रै निर्माण कार्य शुरू भएको टाेखा १ का वडा अध्यक्ष रमेश कुमार लामिछाने जानकारी दिए।

    टाेखा वडा १ को विशेष पहलमा टाेखा नगरपालिकाको नगरस्तरी बजेतमा कुल ८२ लाख लागतमा सो मन्दिर निर्माण गर्न लागेको हो।टाेखा वडा १ स्थित झोरमहाँकाल देवीसँगै रहेको ६१ रोपनी सार्वजनिक जग्गामध्य हाल २ रोपनी क्षेत्रफलमा उक्त बुद्धको मूर्ति निर्माण हुन्न लागेको  वडाअध्यक्ष  लामिछानेले जानकारी दिए ।

    बुद्धको मूर्ति निर्माण हुने भएपछि स्थानीय टाेखा वडा १ का निर्वतमान वडा सदस्य सुर्य तामाङले सो बुद्धको निर्माण पछि स्थानीयहरुमा खुशि र उत्साह थपिएको बताउदै आसपासका क्षेत्रहरु पर्यटकिय गन्तव्यको रूपमा विकास हुनेमा विश्वस्त रहेको तामाङले बताए ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै