• TOKHA LIVE

    • २२ चैत्र २०७९, बुधबार २०:४५

    टाेखामा सडक खाना महोत्सव तथा सामाग्री प्रदर्शनी हुँदै

    टाेखालाइभ डट कम/ चैत २२,२०७९

    टोखा नगरपालिका वडा नं २ टोखामा सडक खाना महोत्सव तथा सामाग्री प्रदर्शनी हुने भएको छ।
    लघु उधम महिला समाज टोखा २ को आयोजना र टोखा नगरपालिका वडा नं २ को सहयोगमा हुन गइरहेको आयोजकले जानकारी दिएको छ । सो अवसरमा सडक खाना महोत्सव तथा सामाग्री प्रदशनीमा स्थानीय खाना , स्थानीय महिलाहरुले उत्पादन गरेको लघु उद्योग तथा अन्य सामाग्री प्रदशनीमा रहने कुरा आयोजक समितिले जनाएको छ।

    स्थानीय महिला सीप प्रवर्द्धनलाई प्रोत्साहन , महिला सशक्तिकरणमा योगदान ` भन्ने मुलनाराका साथ टोखा नगरपालिका २ वडा कार्यालयको आयोजनामा ‘सडक खाना महोत्सव तथा हस्तकला सामाग्री प्रदर्शनी-२०७९ चैत २५ गते शनिबार बिहान १० बजे देखि संचालन हुँदैछ । टाेखामा नयाँ वर्षको आगमनको साथै प्रत्येक नयाँ वर्षको सुरवात संगै सुरु हुने टाेखा बिस्का: जात्रा २०८० को अवसरमा नेवारी खानाको परिकारका साथै टोखा-२ वडामा रहेका महिला समूहलाई नगरपालिका तथा वडाले आयआर्जनका लागि सञ्चालन गरिएको सीपमूलक तालिम पश्चात् उत्पादित हस्तकला सामाग्रीहरूको प्रदर्शनी तथा बिक्रीवितरण उक्त सडक खाना महोत्सवको आयोजना गरेको आयोजकले बताएको छ।टाेखामा सडक खाना महोत्सव तथा हस्तकला सामाग्री प्रदर्शनी यसअघि २०७७ र २०७८ मा समेत सम्पन्न गरिसकिएको छ भने यो २०७९ मा गरि तेस्रो पटक आयोजना गर्न लागेको हो।
    विगतमा यो सडक खाना महोत्सव गणेश्थानमा आयोजना भएको यो महोत्सव  यस पल्ट थलाग टाेलमा हुने आयोजकले बताएको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै