टाेखालाइभ डट कम/ चैत्र २०,२०७९
काठमाडौंः टोखा नगरपालिकाअन्तर्गत वडा नम्बर ११ र ८ जोड्ने गोंगबु–बानियाँटार पुलको आइतबार शिलान्यास सम्पन्न गरिएको छ । आइतबार, बिहान ८ बजे एक बिशेष समारोहका बिच सो विष्णुमती खोलामा निर्माण हुने पुलको आइतबार जगपूजा गरी विधिपुर्वक नगर प्रमुख प्रकाश अधिकारीले शिलान्यास गरेका हुन् ।
टोखा नगरपालिकाको नगर स्तरीय बजेट बाट वडा नं ८ र ११ जोड्ने पुलको निमार्ण हुने हुने सो पुल पुष्पाञ्जलि/रालुकादेवी निर्माण कम्पनीले करिब चार करोडमा बनाउन लागेको र २०८० साल पुसभित्र निर्माण सम्पन्न हुने बताइएको छ । सो अवसरमा नगरप्रमुख अधिकारीले टोखावासीको मागबमोजिम व्यस्त सडकखण्डको विष्णुमती खोलामा पुल निर्माण भएपछि सहरजरुपमा यातायात सञ्चालन भई जनताले ठूलो राहत पाउने धारणा व्यक्त गर्नुभयो । नगर प्रमुख अधिकारीले साविकको गोंगबुसहित टोखा नगरवासीले विश्वास गरेर दुई पटक नेतृत्व गर्ने अवसर दिएको उल्लेख गर्दै उनले स्रोतसाधन अभावका कारण यसअघि हुन नसकेको काम पूरा सम्पन्न गरी समृद्ध टोखाको पक्षमा दिनरात खटिइरहेको बताए ।

वडा नम्बर ११ का वडाध्यक्ष घनश्याम खड्काले सडक निर्माण, खानेपानी तथा ढल व्यवस्थापनसहित आमजनजीवनसँग जोडिएका योजना तथा कार्यक्रमलाई प्राथमिकता दिने गरेको स्पष्ट गर्दै पुल निर्माणका क्रममा गुणस्तरमा ध्यान दिन स्थानीयसँग अनुरोध गरे ।
शिल्यान्यास कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि , स्थानिय बासी , बिभिन्न राजनैतिक दलका प्रतिनिधि , नागरिक समाज एवं सरोकारवालाहरुको उपस्तिथि रहेको थियो ।

