टोखा लाइभ। ६ चैत्र २०७९
ईट्टा सोलिंग तथा ढल निर्माण गरेको करिब दुई दशक पछि च्वक्छे टोलमा करिब १७५ फिट लामो लम्बाई रहेको यो सडकका ईट्टा सोलिग तथा १२ ईन्चको ढल मर्मत कार्य हालै सम्पन्न भएको छ।

हरेक वर्ष ढल जाम भई समस्या बल्झिरहने भएपनि यसवर्ष टोखा नगरपालिका वडा नं ३ का वडा अध्यक्ष रमेश डंगोलको ८ लाख ८५ हजार रूपैया विनियोजित रकमबाट सो कार्य सन्पन्न भएको हो ।
च्वक्छें टोलमा नयाँ विकास निर्माणका लागि टोखा नगरपालिका वडा नं३ का वडा अध्यक्ष रमेश डंगोलको विशेष सहयोग र निर्माणमा पूर्णता दिनको लागि साथ दिनु हुने चोक्छे टोल समितिका अध्यक्ष हिक्मत डंगोल , सचिव विकास डंगोल, कोषाध्यक्ष उर्मिला डंगोल र समितिका सदस्यहरूमा ज्ञान बहादुर डंगोल, पन्च नारायण डंगोल , सुर्दशन डंगोल , ठुल नारायण श्रेष्ठ र राजकुमार डंगोल रहेका छन् भन्ने ठेकेदारको मुख्य भूमिकामा सोनाम साथै नगरपालिकाको सव ईन्जिनियर भीम महर्जनले यस ईट्टा सोलिंग र ढल मर्मत कार्यका लागि ईष्टिमेट गरेका हुन्।

टोखा नगरपालिका वडा नं ३ मा रमेश डंगोल वडा अध्यक्ष भए पछि टोखाका सडकहरु धमाधम कालोपत्रे हुनलागेका छन् । फैडोल जाने सडक पनि धमाधम काेलापत्रे हुँदैछन । साक्व, बिष्णुमति नदी १० मिटर चौडाई र अन्य सडकहरूको निर्माण कार्य पनि
धमाधम भईरहेका छन ।

