टोखा नगरपालिकामा लेखापढी कानून व्यवसायी नयाँ कार्यसमिति निर्वाचित गर्दै नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन टोखा सरस्वती इकाईको दोश्रो अधिवेशन कार्यक्रम सम्पन्न भएको छ। टोखा सरस्वती इकाईका अध्यक्ष कार्यक्रमका सभाध्यक्ष हिराकाजी श्रेष्ठ ,प्रमुख अतिथि लेखापढी कानून व्यवसायी एसोसिएसनका केन्द्रीय अध्यक्ष सिताराम दाहाल रहेको थियो। कार्यक्रम सम्पन्न अधिवेशनबाट सर्वसहमतिमा दिनेश श्रेष्ठको नेतृत्वमा १३ जना सदस्यहरु नयाँ कार्यसमिति चयन गरेका छन्।

टोखा बि.एल.भ्वय् छेंमा भएको दोस्रो अधिवेशनबाट अधक्ष्यमा दिनेश श्रेष्ठ, उपाध्यक्ष श्याल लाल श्रेष्ठ, सचिवमा जय कुमार श्रेष्ठ, कोषाध्यक्षमा राजकाजी डंगोल, सहकोषाध्यक्षमा सागरराज बिदारी, निर्वाचित भएका छन्। साथै सदस्यमा सृजना महर्जन, शुक्र श्रेष्ठ, सुनिल श्रेष्ठ,अनिल लवट,हरिहर अधिकारी,केदार खनाल ,रेनु महत चयन भएको छ। निर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई निर्वाचन समितिका संयोजक हरिमान श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गराएको थियो।
प्रमुख अतिथि नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन केन्द्री समितिका अध्यक्ष सिताराम दाहालले अब टोखामा एकाइ समितिको कार्यालय व्यवस्थापन हुनुपर्ने बताए। कार्यक्रमका सभाध्यक्ष टोखाका लेखापढी सुरु भएसँगै अध्यक्ष पदमा हिराकाजी श्रेष्ठको नेतृत्वमा सञ्चालन परिरहेको थियो । उहाँको नेतृत्वमा ५ बर्ष लेखापढी कानून व्यवसायी एसोसिएसन टोखामा व्यवस्थितसंग संचालन गरेको थियो।

