• TOKHA LIVE

    • ९ फाल्गुन २०७९, मंगलवार ०४:५१

    फुटभलीमा गजराज जोशी ट्रष्टको विजयी

    टोखा लाइभ। ९ फाल्गुण २०७९

    काठमाडौं । भगवती क्लबको ३२ औं स्थापना दिवसको अवसर पारेर आयोजना गरेको दोस्रो गजराज जोशी स्मृर्ति फुटभली प्रतियोगिता २०७९ गणेश स्थान मैदानमा आइतवार सुरु भएको फाइनल फुटभली प्रतियोगीतामा नेपा युथलाई पराजित गरी र गजराज जोशी ट्रष्टले ट्रफी जितेका छन् ।

    टोखा नपा -२ स्थित गणेशस्थान मैदानमा भएको खेलमा गजराज जोशी ट्रस्टले नेपा युथलाई १५ -११, १५-१२ , १४-१५ ले पराजित गरेको थियो ।

    प्रतियोगीतमा विभिन्न क्लब गरेर १२ टिमको सहभागीता रहेको थियो। प्रतियोगीताका उद्घाटन टोखा नगर प्रमुख प्रकाश अधिकारीले गरेका थिए ।

    उद्घाटन कार्यक्रममा भगवती क्लबका अध्यक्ष ईन्द्रराज जोशी र फुटभली संघका अध्यक्ष मनिष जोशी लगायतले आफ्नो धारणा राखेका थिए ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै