• TOKHA LIVE

      TOKHA LIVE

    • ३० असार २०७९, बिहीबार २१:०३

    सन्दर्भ गुरु पुर्णिमा

     

    – मधु पौडेल

    २०७९। ०३। २९ गते।

    अहिलेसम्म कति गुरुहरूले मलाई औपचारिक र कतिपयले अनौपचारिक रूपमा ज्ञान दिनु भएको छ । ज्ञान सधैं स्कुलमा गएर लिएको औपचारिकलाई मात्र भन्नू मिल्दैन । समय संगै जागीर र ब्यापार गर्ने क्रममा कतिपय कार्यलयमा सङै काम गर्दा कति सिनियर हरूले ब्याबहारिक सीप सिकाउनु भयो होला र कतिपयलाई आफुले पनि। अहिलेसम्म पनि म विद्यार्थीनै छु। विगत १४-१५ वर्षमा विभिन्न विश्वविधालयमा अध्यापन गर्ने क्रममा सिकाउने भन्दा पनि सिक्नेनै काम भएको छ भन्ने लाग्दछ। किनकी यदि लगाताररूपमा कुनै न कुनै विषयमा अभ्यास नभएको भए ती दशकै पुराना सिद्धांत , दार्शनिक विचार र यिनिहरूको प्रयोगलाई दैनिकीकाममा प्रस्तुत गरि कार्यसफलता प्राप्त गर्न कठिनाई पर्थ्यो होला। धेरै विधार्थीको संगतले ऊनीहरूको रितीरिवाज पनि सिकायो। सिकाई त क्रमिकरूपमा अध्यावधिक गर्दै जाने र तिब्र परिवर्तित प्रविधि सङै ब्यावसाय र मानव जीवनलाई सहजीकरण गर्दै सफल तर्फ उन्मुख गर्नु नै हो। सफलताको सुरूवात कैयौं असफलताको सिकाईवाट हुन्छ। जीवनका कैयौं सिकाईले सफलता प्राप्त गर्लान् भन्नेमा कहिलेकाही सहि कुरा पनि अन्य वातावरणिय प्रभावले असफल हुन सक्दारहेछन। ज्ञानको खोजी मानवजीवन भर भई रहन्छ त्यसैले आफुसङग भएको ज्ञान नै सर्वोपरी हो भन्ने अहम गर्नु र सिकारूलाई हेपाह ब्यवहार कसैवाट हुन्छ भने त्यो तुच्छ हो। “उपकारी गुणी व्यक्ति निहुरिन्छ निरन्तर…फलेको वृक्षको हागो नझुकेको काहाँ छर ?” कवि शिरोमणि लेखनाथ पौड्यालका यी पङ्क्तिले मानिसभित्र शिष्टताको अंकुरण गराएको मात्र होइन, फलेको वृक्षभित्रको सदाचार शिष्टता मानिसको अनुकरणीय विषय बन्न सक्छ भन्ने तत्वबोधसमेत गराएको छ । मानिसको जीवनमा हरपल शिष्टताको आवश्यकता पर्छ।

     

    आजको प्रविधिको युग र प्राकृतिक श्रोत सिमित हुदै गएको अवस्थामा हामीले सिक्नुपर्ने कुरा अझ धेरै छन। जस्तै : पानीको श्रोत बचाउगर्ने , श्रोतको सकभर अनावश्यक प्रयोग नगर्ने , पेट्रोलियम पदार्थको प्रयोग सक्दो कम गर्दै जाने, साधनको सकभर पुन: प्रयोगलाई प्राथमिकतामा राख्ने, वातावरण सुरक्षित गर्ने उपायबारे सजक हुने , अन्न अनाज खेर नफाल्ने, अर्काको देखासिकी गरि फजुल खर्च नगर्ने , आदि । ज्ञान र सीप किताबले मात्र दिने होइन हामी हाम्रा अभिभावक , सामाजिक परिवेश , आफन्त र आफ्नो दैनिक भोगाइवाट पनि धेरै कुरा सिक्ने गर्दछौं । त्यसैले त पहिलो गुरु आफ्ना मातापितानै हुनु हुन्छ भन्ने कुरामा हेक्का राख्नु जरुरी छ। हामी जीवनमा कति सफल छोराछोरी , कति सफल श्रीमान श्रीमती , कति सफल मातापिता वन्न सक्यौं भन्ने नै मुलतः जीवनको सच्चा ज्ञान हो । राम्रोको सुरूवात आफैवाट गर्नु पर्दछ। आज शिक्षा दिएको गुरु भोलिपल्ट सङगै काम गर्दा समकक्षी जस्तो ठान्नु र सम्मान नगर्नु ठुलो भुल हो । गुरु सदा गुरु नै रहन्छ जब सम्म त्यो ब्यक्तीमा सदाचार , सतविचार र सत चरित्र ले अन्य गति लिएको हुदैन। गुरु प्रतिको सम्मान सर्त रहित हुनु पर्दछ। गुरूको सेवाको लागि केही धनराशिको खर्च गर्नु पनि जरुरत छैन केवल उहाँले देखाएको मार्गमा हिड्ने कोशिश जारी राख्नु पर्दछ।

     

    गुरु शब्दनै यति महान छ जसले अध्यारो वाट उज्यालो तर्फ जान प्रेरित गर्ने र त्यसका उपायबारे ज्ञान दिनु भन्ने अर्थ राख्दछ। हुन त चौतर्फी स्वार्थले भरिएको कलियुग र भ्रष्टाचारले मौलाएको देश अनि पैसामा मात्र सिमित मानवीय ब्यावहारले सत्य र सत्कर्म गर्नेहरू समाजमा कागको बथानमा बकुल्लो भएकोपनि देखिन्छ। पारिवारिक स्वार्थमा सिमित राजनीति र नेतृत्वले नयाँ युवाहरूलाई उर्जा दिन सकेको त छैन । यसवाट पनि कसैले केही न केहि त सिकेकै होला। किननी प्रत्येक कार्य पछि त्यस्को प्रतिकार्य हुन्छ भन्ने न्यूटनको चाल सम्वन्धी तेस्रो नियम छ। जुन यथार्थ र सत्य सावित छ। यसर्थ अन्तिम सत्य र ज्ञान त यो छ मानवीय जीवन पछि भ्रष्टाचार र कुकर्म गरि जोहो गरेको सम्पत्ति स्वर्ग जादैन। यसर्थ आफ्नो कृति र सम्मान बिक्ने गरि सात पुस्तालाई पुग्ने पैसाको पछि नलागौ। जीवन उपयोगी शिक्षा दिन सके भावी पुस्ताले पौरख गरेर खान सक्छन् र गर्नु पनि पर्दछ। सादा जीवन पनि उच्च विचारसहित जिउन सकिन्छ । जय गुरु ।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै