टाेखालाइभ डट कम/जेठ १८,२०७९
काठमाण्डौं । टोखा नगरपालिका वडा नं ७ मा विश्व वातावरण दिवस ५ जुन २०२२ को अवसरमा आयोजित चौथो दिनको सरसफाइ तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमा टोखा नगरपालिकाको मेयर प्रकाश अधिकारी, उप–मेयर मुरारी तामाङ, वडा नं ७ का अध्यक्ष नरोत्तम राना तथा वडा नं ७ का वडा सदस्यहरुको उपस्थीति रहेको थियो । साथै स्थानीय वासि, स्कुल, कलेज, संघसंस्था, महिला समूह, क्लब लगायत नगरवासीहरुको उल्लेख्य र सक्रिय सहभागिता रहेको थियो।
संयुक्त राष्ट्रसंघद्वारा घोषित विश्व वातावरण दिवस पर्यावरणप्रति राजनैतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले मनाइन्छ । वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक चेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसघको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी १९७३ देखि बर्सेनि जुन ५ तारिखमा विश्व वातावरण दिवस मनाउन थालिएको हो ।

