• TOKHA LIVE

    • १८ जेष्ठ २०७९, बुधबार ०८:३५

    टाेखा ३ का वडाअध्यक्ष रमेश डंगोलद्वारा इन्द्रायणी दापा खल:लाई भवन उपलब्ध गराइदिने उद्घोष

    टाेखालाइभ डट कम / जेठ १८,२०७९

    काठमाडौं /”नेवा:संस्कृति टाेखाको सान ,धार्मिक संस्कृति बचाउने हाम्रो अभियान ।” भन्ने मर्म बोकर टाेखामा स्थापना भएको श्री इन्द्राणी दापा खल:ले गत महिना २०७९ बैशाख ३० गते सम्पन्न भएको स्थानीय निर्वाचनमा टाेखा नगरपालिका वडा ३ को वडा अध्यक्षमा निर्वाचित सामाजसेवी रमेश डंगोल र श्री इन्द्राणी दापा खल:का उपाध्यक्ष तथा टाेखा नगरपालिका वडा ३ को वडा सदस्यमा निर्वाचित हरिकृष्ण श्रेष्ठलाई सोमबार हार्दिक बधाई तथा शुभकामना सहित खल:का गुरु/ जलगाँञ चन्द्रमान डंगोलले खादा ओदाइ सम्मानित गर्नुभयो ।

    श्री इन्द्राणी दापा खल: टोखाले सोमबार आयोजना गरेको बधाई , शुभकामना तथा सम्मान- पत्र प्रदान गरिएको औपचारिक कार्यक्रमका अवसरमा टाेखा नगरपालिका वडा ३ का वडाअध्यक्ष रमेश डंगोलले खल:लाई  धन्यवाद व्यक्त गर्दै श्री इन्द्रायणी दापा खल:लाई आफ्नो कार्यकालमा भवन उपलब्ध गराइदिने उद्घोष गर्नुभएको छ।

    कार्यक्रममा वडाअध्यक्ष रमेश डंगोलले टाेखा संस्कृति संरक्षित क्षेत्र टोखाको कला, संस्कृति, मौलिक बाजागाजाको संरक्षण तथा त्यसको संरक्षणका लागि अहोरात्र खतिएकाहरुको सम्मानार्थ आफुले बर्सेनि आर्थिक रकम प्रदान गरिदै आइरहेको टाेखाका २४ वटा विभिन्न साँस्कृतिक खलः पुचःहरु मध्ये ऐतिहासिक टाेखामा योगदान पुर्याउने जिवित देवि गणेश कुमारी , चतुर्मास भजन गर्ने ५ वटा दापा खल: १ भजन खल:लाई साँस्कृतिक भत्ता स्वरुप संचयकाेषको स्थापना गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

    टाेखामा श्री इन्द्राणी दापा खल:ले बिस्का: जात्रा,या प्याखं, नाग प्याखं,माक प्याखं,लाखे,कुमारी रथ यात्रा खड्ग जात्रा,इन्द्र जात्रा,चतुर्मास भजन लगायत विभिन्न महत्वपूर्ण संस्कृति सम्पदा निरन्तर जगेर्ना गर्दै आइरहेको छ। यी विविध परम्परालाई जोगाउन भवनको अभावमा अत्यावश्यक सामग्रीहरु बाजागाजा , पोसाक खल:का महत्त्वपूर्ण दस्तावेज अभिलेख राख्ने ठाँउ नहुदा अत्यन्तै समस्या भोग्नु परेको छ। हाल ती महत्त्वपूर्ण सामग्रीहरु संरक्षणको अभाव कति त हराइसकेका छन्। खल:ले हाल ती सामग्रीहरु संरक्षण गर्न भाडामा राखेका छन् र खल: का सदस्यबाट पैसा उठाएर भाडा तिर्ने गरेका छन् ।

    श्री इन्द्राणी दापा खल:का अध्यक्ष नाती डंगोलले सांस्कृतिक सम्पदा जोगाउन वर्ष भरी खटिरहनु पर्ने त्यसमाथी बाजागाजा संरक्षण गर्न पनि आफै खल्ती छामेर खल: का सदस्यबाट पैसा उठाएर भाडा तिर्नु पर्ने यो कस्तो विडम्बना ? उनी प्रती प्रश्न गर्छन् ।

    अब भवन अभावमा लामो समय यो समस्या कायम रहेको खण्डमा परम्परालाई निरंतरता दिन निक्कै कठिनाई भैइरहेको अवस्थामा कतै संस्कृति लोप हुने त हैन ? भन्ने मनमा लागिरहेको अवस्थामा वडाअध्यक्ष रमेश डंगोलज्युले भवन उपलब्ध गराइदिने उद्घोष स्वागत योग्य कदम भएको भन्दै अध्यक्ष नाती डंगोलले वडाअध्यक्ष रमेश डंगोललाई सफल कार्यकालको शुभकामना सहित हार्दिक आभार प्रकट गर्नुभयो।

    कार्यक्रममा श्री इन्द्राणी दापा खल:का पुर्व अध्यक्षहरु मनिराज डंगोल,राजकाजी श्रेष्ठ ,सुर्यमान डंगोल, प्रकाश डंगोल लगायत खल:का गुरुवर्गहरु र पदाधिकारीहरुको उपस्थिति रहेको थियोे ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै