• TOKHA LIVE

    • १३ जेष्ठ २०७९, शुक्रबार ११:०२

    टाेखा नगर कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न

    नविना श्रेष्ठ /टाेखालाइभ डट कम

    काठमाडौं,जेष्ठ १३,२०७९
    टाेखा नगरपालिकामा नेकपा एमालेका ८ जना कार्यपालिका सदस्य निर्वाचित भएका छ्न् । एमालेको बहुमत सदस्य रहेकाले नगरपालिकामा गठबन्धनका तर्फबाट उम्मेदवारी नपरे पनि टाेखा नगरपालिकामा कार्यपालिका सदस्यमा निर्वाचनबाट चुनिएका छन् ।स्थानीय तह निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको १५ दिनभित्र कार्यपालिकाको निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था गरिएको छ ।

    टोखा नगरपालिकामा प्रमुख सहित ११ वटा वडाहरु मध्ये एमाले ९ वटा वडाहरुमा वडा अध्यक्षमा निर्वाचित भएका थिए भने ५७ सिटको लागि भएको निर्वाचनमा नेकपा एमाले ३८ जना समग्रमा दुई तिहाईको जित सुनिस्चित गरेको एमालेले कार्यपालिकाको निर्वाचनमा पनि दलित वा अल्पसंख्यक समुदाय वाट पनि ३ जना र निर्वाचितहरु मध्ये महिला र पुरुष गरि ५ जना समेतको निर्वाचित भएका हुन् ।

    यसरी निर्वाचित हुनेहरुमा वडा १ बाट निर्वाचित सुनिता श्रेष्ठ परियार,वडा सदस्य ३ बाट निर्वाचित शान्ता राई , वडा ७ बाट निर्वाचित सायरा परियार ,वडा ९ बाट निर्वाचित जगतमाया प्रजापती महर्जन , वडा १० बाट निर्वाचित लिलादेवी अधिकारी , सरिता घले र प्रेम सुनार र पुर्व नगर प्रवक्ता बच्चुराज बस्याल रहेका छन् ।

    टाेखा नगरपालिकामा कांग्रेसबाट निर्वाचित सदस्य भए पनि बहुमत सदस्य एमालेको भएकाले मनोनयन नपरेकाले सबै एमालेका निर्वाचित भएका हुन् । उनीहरुलाई बिहीवार निर्वाचन आयोगले निर्वाचित भएको घोषणा गरेका थिए ।

    कार्यपालिका निर्वाचनका लागि नगरपालिकाभित्रका निर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य मतदाता रहने व्यवस्था अनुरुप निर्वाचित प्रमुख प्रकाश अधिकारी उपप्रमुख मुरारी तामाङ लगायत वडा अध्यक्षहरु, वडासदस्यहरूले मतदान गरेका थिए ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै