• TOKHA LIVE

    • ८ जेष्ठ २०७९, आईतवार ०९:५२

    टोखा नगरपालिकाका जनप्रतिनिधिले शपथ ग्रहणसंगै पद वहाली गरे

    नविना श्रेष्ठ/टाेखालाइभ डट कम
    जेठ ७,२०७९

    काठमाडौं /टोखा नगरपालिकाका जनप्रतिनिधिले पद वहाली गरेका छन् । नगर प्रमुख प्रकाश अधिकारी, उप-प्रमुख मुरारी तामाङ सहित वडाअध्यक्ष र सदस्यहरुले शपथ ग्रहणसंगै पद वहाली गरेका छन्।

    नगर प्रमुख प्रकाश अधिकारीले २ बजे जिल्ला न्यायाधीश बाट शपथग्रहण गरेपछि टोखा नगरका उप प्रमुख र ११ वडाका वडा अध्यक्ष, सदस्यहरुलाई टाेखा नगरपालिका वडा ६ स्थित दैलो ईभेन्टस ग्रिनल्यानमा शपथ ग्रहण गराएको हो।

    शपथ ग्रहण पछि पद बहालीका क्रममा उप-प्रमुख मुरारी तामाङलाई कांग्रेस महासमिति सदस्य एवं वागमति प्रदेश समिति सदस्य हरिहर अधिकारीले बधाई दिदै बीपी कोइरालाको तस्वीर र भनाइ सहितको चिनो उपहार दिइएको थियो।


    चिनोमा बीपी कोइरालाको यस्तो भनाई अंकित छ – ‘हरेक जनताको एउटा घर होस्, बालबच्चालाई विद्यालय पठाउने वातावरण होस्, बिरामी पर्दा औषधिमूलो गर्ने पैसा होस् अनि आफ्नो श्रम र सीपको उपयोग गर्न पाउनुपर्ने व्यवस्था ।’ भने भनाई रहेको थियो।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै