नविना श्रेष्ठ/टाेखालाइभ डट कम
जेठ ०५,२०७९
टोखा नगरपालिकामा आज नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा सदस्यहरुलाई प्रमाणपत्र दिई सम्मान गरिएको थियो। भने कार्यक्रममा पूर्व जनप्रतिनिधिहरुलाई सम्मानका साथ विदाई गरिएको थियो ।
नवनिर्वाचित नगरप्रमुख प्रकाश अधिकारी, उपप्रमुख मुरारी तामाङ लगायतलाई वडा नं ९ को वडा कार्यालयमा एक कार्यक्रमका बीच निर्वाचन अधिकृत सविता शर्माले प्रमाणपत्र दिई सम्मान गरिएको हो।

नवनिर्वाचित नगरप्रमुख अधिकारी नेकपा (एमाले)का तर्फबाट उम्मेदवार चुनिनु भएको थियो। भने उपप्रमुख मुरारी तामाङ नेपाली काँग्रेसका तर्फबाट चुनिनुभएको थियो। प्रकाश अधिकारी नगरप्रमुखमा २०७४ सालको स्थानीय चुनावमा बिजयी हासिल गर्नुभएको थियो। उहाको यो दोस्रो कार्य काल हो। नगरप्रमुख अधिकारीले दस हजार ३४० मत ल्याएर विजयी भएकाे हाे। उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसकी रजनी थापाले दस हजार १६६ मत ल्याई पराजित हुनुभएको थियो।

उपप्रमुख तामाङले दस हजार १३२ मत ल्याएर निर्वाचित भएको हो। भने उहाँका प्रतिस्पर्धी नेकपा एमालेकी उपप्रमुख पदकी उम्मेदवार ज्ञानमाया डंगोलले नौ हजार ५१८ मत ल्याई पराजित हुनुभएको थियो।
टोखा नगरपालिकाको ११ वडामध्ये ९ वटामा एमालेले जितेको छ भने २ वटा वडामा नेपाली काँग्रेसले जितेको थियो।टोखा नगरपालिकामा ३४ हजार ६७६ मतदाता रहेकोमा २७ हजार ६८९ मत खसेको थियो ।
कार्यक्रममा पूर्व निर्वाचित जनप्रतिनिधिहरुलाई मायाको चिनो प्रदान गरि सम्मानका साथ बिदाई गरेको थियो।


