• TOKHA LIVE

    • ३ जेष्ठ २०७९, मंगलवार १२:०२

    यसरी मनाए टोखामा बुद्ध जयन्ती

    टोखा लाइभ ।२०७९ जेठ ३ गते ।

    काठमांडौं। २५६६ औँ बुद्ध जयन्ती देशैभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । यसैक्रममा टोखा नगरपालिका वडा नं३ स्थित स्थूल बुद्धभुमि महाविहारले टोखा नगरपरिक्रमा गरी शोभा यात्रा निकाली बुद्ध जयन्ती मनाएका छन् ।

    बुद्ध जयन्ती कार्यक्रममा करिब २ सयको संख्यामा स्कुल तथा कलेजमा अध्ययनरत विधार्थी र स्काउटका समुदायका उपस्थित भएका थिए । बुद्धभुमि महाविहार भित्र विशेष पूजापाठ तथा विश्व शान्तिको कामना गरिएको थियो ।

    पूजापाठ सम्पन्न गरे पछि झाँकीसहित र्याली आयोजना गरिएको थियो । स्थुल बाट सुरु भएको र्याली टोखाको गेट हुँदै नगर परिक्रमा गरी पूनः स्थुल बौद्ध विहारमा आइपुगेको थियो ।

    गौतम बुद्धका उपदेश, जीवन निर्वाहका लागि उनले देखाएको मार्गमा हिड्न र विश्वमा शान्तिको सन्देश फैलाउन उद्देश्यले विशेष कार्यक्रमको आयोजना गरिएको सतासित भन्टेले बताए ।

    २०४७ सालदेखि नै यस जात्रा को शुरूवात गर्ने बुद्ध धर्म का अनुयायी हरि बहादुर श्रेष्ठ हुन् । उनी टोखा नगरपालिका वडा नं२ का स्थायी वासिन्दा हुन् । उनले यस महायात्रा को थालनी गर्न अत्यन्तै सक्रिय र महत्वपूर्ण भूमिका खेले।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै