• TOKHA LIVE

    • २ जेष्ठ २०७९, सोमबार २१:२२

    टोखा नगरपालिका वडा ४ मा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार धर्मेन्द्र श्रेष्ठ बिजयी

    नविना श्रेष्ठ टाेखालाइभ डट कम/
    जेठ २,२०७९

    काठमाडौं ।टोखा नगरपालिका वडा ४ मा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार धर्मेन्द्र श्रेष्ठ बिजयी हुनुभएको छ।
    टोखा नगरपालिका वडा ४ को  मतगणना अन्तिम मतपरिणाम अनुसार वडाध्यक्षमा एमालेका उम्मेदवार धर्मेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । वडा अध्यक्षमा धर्मेन्द्र श्रेष्ठ ६९२ मतका साथ निर्वाचित भएका हुन । उनी २०७४ को स्थानीय निर्वाचनमा पनि वडा अध्यक्षमा निर्वाचित भइ जनप्रतिनिधि भुमिका निर्वाह गरिसकेका थिए । श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अमृत मान श्रेष्ठले ३७३ मत ल्याएका छन् ।

    नेकपा एमाले प्यानलका दलित महिला सदस्य र महिला सदस्यहरु उम्मेदवारहरू निर्वाचित भएका हुन् भने खुल्ला वडा सदस्यमा काँग्रेसका २ जना उम्मेदवारहरू निर्वाचित भएका छन् ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै