• TOKHA LIVE

      TOKHA LIVE

    • १७ पुष २०७८, शनिबार २१:०४

    टोखामा वडा अध्यक्ष ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

    टोखा लाइभ । २०७८ पुष १७ गते।

    टोखा भगवती क्लब द्वारा आयोजित वडा अध्यक्ष स्तरीय खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ। पुष ११ गते देखि सुरु भएको प्रतियोगिता शनिवार सम्पन्न भएको हो।

    वडा अध्यक्ष स्तरीय टोखा भगवती क्लबले आयोजना गरेको प्रतियोगितामा टोखाको १,२, र ३ वडा टिमको सहभागिता रहेको थियो । जसमा “सी” ग्रुपमा अशोक डंगोल र जितेंद्र मानन्धरको टिम प्रथम भएको छ । उनीहरुले २५ हजार रुपैयाँ संगै ट्रफि ,मेडल प्रमाण प्रत्र प्राप्त गरे ।

    यसैगरी प्रतियोगितामा केस कुमार र विजय डंगोल को टिम द्वितीय भएको छ । उनिहरुले १५ हजार रुपैयाँ सहित ट्रफि, मेडल प्रमाण प्रत्र प्राप्त गरे ।

    यसैगरी प्रतियोगितामा “बी” ग्रुप बाट बुद्ध डंगोल र अमन डंगोल को टीम प्रथम भएको छ । उनीहरूले पनि २५ हजार सहित ट्रफि, मेडल प्रमाण प्रत्र प्राप्त गरे ।यसै गरी दोस्रोमा अमर डंगोल र नारायण श्रेष्ठ भए। उनीहरुले १५ हजार रुपैयाँ संगै ट्रफि ,मेडल प्रमाण प्रत्र प्राप्त गरे ।

    प्रतियोगिता समापन समारोहमा टोखा नगरपालिका वडा नं२ का वडा अध्यक्ष दिपक राज जोशीको प्रमुख आतिथ्यमा र विशेष अतिथि नेपाल व्याड मिन्टन संघ काठमांडौं अध्यक्ष दिपक थापा को उपस्थितमा आयोजित कार्यक्रमकाबीच विजेतालाई पुरस्कार वितराण गरिएको थियो ।

    सो समारोहमा टोखा भगवती क्लब का अध्यक्ष ईन्द्रराज जोशी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    Facebook Comments

    सम्बन्धित खवर

    स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार

  • छुटाउनुभयो कि? सबै