टाेखालाइभ डट कम/ पौष ७,२०७८
काठमाडौं / टाेखा नगरपालिकाले फोटो सहितको मतदाता परिचयपत्रका लागि नाम दर्ता गर्नको अनुरोध गरेको छ।
टाेखा नगरपालिकाको कार्यालयबाट मिति २०७८ पौष ४ गते देखि संचालनमा रहेको मतदाता नामावली संकलन कार्य मतदाताहरुको सुबिधा र सहजतालाई मध्यनजर गर्दै फोटो सहितको मतदाता परिचयपत्रका लागि नाम दर्ता गर्न नगरपालिकाले सूचना जारी गरेको छ ।
मिति २०७८ पौष ७ गते बुधवारबाट बिहान ९ बजे देखि बेलुका ५ बजेसम्म सुचारु हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि समेत सुचित गरिएको हो ।टाेखा नगरपालिकाले नामदर्ता गर्ने प्रक्रिया निम्न
व्यहोरा उल्लेख गर्दै नगरवासीहरुमा अनुरोध गरेको हो।
१. नयाँ दर्तामात्र हुने (यस अघि नाम दर्ता नभएकाको मात्र), तर पुरानो अद्यावधिक गर्नुपर्ने भए सक्कलै कागजात सहित निर्वाचन कार्यालयमा जानु पर्नेछ ।
२. जिल्ला निर्वाचन कार्यालय वा निर्वाचन आयोगले तोकेको मतदाता नामावली दर्तास्थलमा नेपाली नगारिकताको प्रमाणपत्र सक्कलै साथै लिई जानुपर्दछ । नागरिकताको प्रमाणपत्रमा रहेकोभन्दा भिन्नै ठेगानामा हाल स्थायी बसोबास गरेको भए नागरिकता प्रमाणपत्रको अतिरिक्त देहायका प्रमाणहरुसमेत पेश गर्नुपर्दछ –
क) बसाई सरी आएको सक्कलै प्रमाणपत्र, वा
ख) विवाह गरी हालको स्थायी ठेगानामा आएको हकमा सक्कलै विवाह दर्ता
प्रमाणपत्र
३. दर्ता सम्पन्न भइसकेपछि दर्ता कर्मचारीबाट प्राप्त हुने अर्धकट्टी आफ्नो नाम दर्ता गरेको प्रमाण स्वरुप सुरक्षित राख्नुपर्दछ ।
मतदाता नाम दर्ता गर्न आउँदा नागरिकता प्रमाणपत्र वा बसाई सराई प्रमाणपत्र वा विवाह दर्ता प्रमाणपत्र सक्कल अनिवार्य ल्याउनु हुन समेत नगरपालिकाले अनुरोध गरेको छ ।
टोखा नगरपालिका भित्र रहेका वडा गत मतदान केन्द्रहरु
वडा नं. मतदान केन्द्र
१ पब्लिक बोर्डिंग स्कुल
बौडेस्वर मा.वि.
२ गुठिधर सत्तल
तलेजु क्वाँखल
३ इडू समिट स्कुल
सरस्वती मा.वि.
४ धापासी मा.वि.
५ श्रीसमाज सामुदायिक भवन
६ स्काईलार्क स्कुल
७ तिलिंगाटार मा.वि.
८ भुवनेश्वर मन्दिर
९ कान्तिपुर ई.बो. स्कुल
कामना स्कुल
१० मनोहर मा.वि.
११ मनोहर तिर्थ पाटी
मतदाता नामावली विवरण निर्वाचन आयोग नेपालको वेबसाइट:https://election.gov.np/np/page/voter-list मा सजिलै हेर्न सकिनेछ।


