• TOKHA LIVE

    • ४ पुष २०७८, आईतवार १९:१९

    टोखा नगरपालिकामा वडा १ देखि ११ सम्मका नागरिकहरुको निर्वाचन नामावली संकलन कार्यसुरू

    नविना श्रेष्ठ
    टाेखालाइभ डट कम/पौष ४,२०७८

    टोखा नगरपालिका वडा नं १ देखि ११ सम्मका नागरिकहरुलाई निर्वाचन नामावली संकलन कार्य आजबाट सुरू गरेको छ।

    टोखा नगरपालिकाले सुरु गरेको निर्वाचन नामावली संकलनमा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, उप प्रमुख ज्ञानमाया डंगोल,टोखा नगरपालिकाका नगर सभापति ओम बिमली, वडा नं ७ का सभापति तारा लामा, वडा नं ४ सभापति रविन्द्र श्रेष्ठ, वडा नं ८ सभापति उत्तम थापा, वडा नं १० का सभापति तेजप्रसाद सेडाइ, वडा नं २ का सभापति हेराकाजी महर्जन डंगोल, वडा नं ६ सभापति शान्ता पौडेल, नेकपा एमालेका अध्यक्ष सत्य नारायण डंगोल, नेकपा (माओवादी केन्द)का अध्यक्ष नविन डंगोल, नगर वडा नं ७ का वडाध्यक्ष नर उत्तम राना, वडा नं १का वडाध्यक्ष श्री कृष्ण अधिकारी, वडा सदस्यहरु लगायत सम्पूर्ण राजनीतिक दलका शीर्ष नेताहरुको उपस्थित रहेको थियो।

    निर्वाचन नामावली संकलनमा टोखा नगरपालिकाका बिभिन्न राजनीतिक दलका शीर्ष नेताहरुको आज नगरपालिकामा अवलोकन तथा साथ सहकार्यको लागि उपस्थित रहेका थिए।
    निर्वाचन नामावली संकलन कार्य भने पौष ४ गते आइतबार देखि पौष १८ गते सम्म रहने छ।

    निर्वाचन आयोग बाट नामावली संकलनका लागि टोखा नगरपालिकामा असोज अधिकारी तथा कम्प्युटर दर्तामा ज्ञानी शोभा महर्जन रहेका छन्।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै