टाेखालाइभ डट कम/ पुस ३ , २०७८
टाेखा संस्कृति सम्पदा संरक्षण दबुको आयोजनामा संस्कृति संरक्षित क्षेत्र रहेको टाेखा नगरपालिका वडा २ र ३
ऐतिहासिक बस्तीमा य:मरी पुन्हि सम्पदा दिवस थिल्ला पुन्ही ( य:मरी पुन्हि ) को अवसरमा त्य:छीं त्य: ज्याझ्व: सांस्कृतिक कार्यक्रम हुने भएको छ।
त्य:छीं त्य: ज्याझ्व:को औपचारिक कार्यक्रममा टाेखा नगरपालिकाका जनप्रतिनिधि , विभिन्न सांस्कृतिक अभियन्ता,समाजसेवि , सरोकारवाला,पर्यटन व्यवसायी दबुका सदस्यहरुको लगायतको उपस्थिति रहने आयोजकले बताएको छ।
टाेखा संस्कृति सम्पदा संरक्षण दबुका सचिव कृष्ण हरि श्रेष्ठले गत बर्षहरुमा जस्तै यस बर्ष पनि परम्परागत रुपमा मौलिक एवं साँस्कृतिक कार्यक्रम सहित भव्य रुपमा तोखामा त्यः छिं त्यः हुन गइरहेको हुँदा सहयोग गरि आफ्नो संस्कृति जोगाउने काममा हातमा हात मिलाएर एक्यवद्धता जनाउन सबैसंग अनुरोध गर्नुभयो ।
टाेखा संस्कृति सम्पदा संरक्षण दबुका अध्यक्ष मनिराज डंगोलले सम्पदा दिवस थिल्ला पुन्ही ( य:मरी पुन्हि) अवसरमा हुन लागेको त्य:छीं त्य: ज्याझ्व:कार्यक्रममा सबैको साथ र सहयोग रहने छ भन्ने भरोसाका साथ कार्यक्रमलाई सफलपार्न संस्कृति प्रेमीहरु,विभिन्न संघसंस्थाहरुले कला संस्कृति जोगाउने महान अभियानमा हातेमालो गर्दै सहयोग गर्नुहुने नै छ भन्ने अपेक्षा सहित कार्यक्रमको सफलतापूर्वक सम्पन्न हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

