• TOKHA LIVE

      TOKHA LIVE

    • ३ पुष २०७८, शनिबार १४:५७

    टाेखामा नासद्य:नात्येस्वरको विशेष पुजा आराधना गरि मनाइयो ( फाेटाे फिचर )

    टाेखालाइभ डट कम/ पुस ३,२०७८

    आज टाेखामा बाजा ,नृत्य , गित संगीतका गुरु मानिने नासद्य: नात्येस्वर मन्दिरकाे विशेष पुजा आराधना गरि भब्यताका साथ मनाएको छ। टाेखा नगरपालिका वडा २ स्थित नात्येस्वर मन्दिरमा पुजा आराधनाको लागि बिहान देखि टाेखामा सांस्कृतिक विभिन्न खल पुचहरु लगायत भक्तजनहरुको भिड लागेको हो।

    नासद्य:पुजा (नात्येस्वर )मा सहभागी टाेखाका दापा खलहरु, भजन खलहरु र ब्याण्ड बाजा खल: लगायतले विशेष पुजा आरधना गरि भजन, नात्येस्वरको गितगाउदै मन्दिरमा आ- आफ्नो गक्ष अनुसारको बलि दिई समयबजि प्रसाद ग्रहण गर्ने प्रचलन छ। चतुर्मास भजन गर्ने खलपुचका गुठियारले यसै अवसरमा बेलुकी छरछिमेक आफन्तलाई प्रितिभाेज खुवाउने गरिन्छ।

     

    Facebook Comments

    सम्बन्धित खवर

    स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार

  • छुटाउनुभयो कि? सबै