नविना श्रेष्ठ
टाेखालाइभ डट कम/मंसिर २८,२०७८
टोखा नगरपालिकाले मेयर दिर्घायु कार्यक्रमको उद्घाटन एक समारोहका बिच सम्पन्न भएको छ। टोखा नगरपालिका वडा नं २ मा रहेको टोखा चण्डेश्वरी प्रादेशिक अस्पतालमा आज नगर प्रमुख प्रकाश अधिकारीले मेयर दिर्घायु कार्यक्रमको उद्घाटन गरेका थिए।
नगरप्रमुख प्रकाश अधिकारीले ब्यानर वाचन सहित स्वास्थ्य परिक्षण गर्न आएका मुरारी प्रसाद पाण्डेलाई फर्म हस्तान्तरण गरेको थियो।
टोखा नगरपालिकाले आफ्नो नगरमा रहेका अशक्त ५० वर्षमाथिका अपाङ्ग घाइते द्वन्द्वपीडित , असहाय लोपोन्मुख अतिविपन्न महिला तथा अल्पसंख्यक समुदायलाई लक्षित गरी मेयर दिर्घायु कार्यक्रमको संचालन गरेको थियो।
अस्वस्थ व्यक्तिहरूले सहभागी भएर आफ्नो होल बडी चेकअप गराउन पाउने व्यवस्था गरेको छ। टोखा नगर भित्र बसोबास गरेको तथा नगरभित्र व्यवसायी अन्य माध्यमबाट कर तिरेको प्रमाण पत्र वा अपांगता सम्बन्धी प्रमाणपत्र भएकोले सहभागी हुन पाउने छन्।
प्रति हप्ता ९० जनालाई सुविधा उपलब्ध गराईने र प्रत्येक वडाले स्वास्थ्य कार्यक्रम अवधिभर ७० जना सिफारिस गरिने कुल संख्या १०००।-( एक हजार) जनालाई स्वास्थ्य परीक्षण गरीने नगर प्रमुख प्रकाश अधिकारीले जानकारी दिएका थिए।
टोखा नगरवासीलाई स्वास्थ राख्ने र स्वास्थ्य नगर बनाउने उद्देश्यका साथ यो कार्यक्रम गरेको बताए।
कार्यक्रमका उपप्रमुख ज्ञान माया डंगोलले नगरपालिकाले नगरवासीलाई स्वास्थ्य क्षेत्रको राम्रो कार्यक्रम ल्याएको बताए।
टोखा चण्डेश्वरी पा्रदेशिक अस्पतालका अध्यक्ष दिपेन्द्र श्रेष्ठले अबको पाँच वर्षभित्र यस अस्पतालले टिचिङ अस्पतालले देखिने जतिकै सुबिधा टोखा नगरका विरामीहरुलाई सेवा दिने बताए।
टोखा नगरपालिकाले अब टोखा नगरका सबैलाई मेयर दिर्घायु कार्यक्रमका लागि रु ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको स्वास्थ्य शाखाले जानकारी दिए।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रममा नगर उपप्रमुख ज्ञान माया डंगोल, प्रमुख प्रशासकीय अधिकृत प्रकाश आचार्य, टोखा चण्डेश्वरी प्रादेशिक अस्पतालका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, टोखा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रणलाल खुलाल, टोखा नगरपालिकाका ११ वडाका वडाध्यक्षहरु, जनप्रतिनिधि स्वास्थ्यकर्मी विभिन्न राजनीतिक दलका प्रतिनिधिसहित स्थानीयको उपस्थिति रहेको थियो।











