टोखा लाइभ ।२०७८ मंसीर २३ गते
टोखा भगवती क्लबले शहिद स्मारक “बी” डिभिजन लिग प्रतियोगितामा २०७८ मा सहभागी जनाउन टोखामा रहेका स्थानीय खेलाडी छनौट तथा प्रशिक्षणमा सहभागी हुन आज सुचना जारी गरेको छ।
विगतमा जित्न सक्ने टोखामा रहेको स्थानीय खेलाडी छनौटमा नपरेका गुनासो आएको दृष्टान्त दिँदै भगवती क्लबका महासचिव दीपेन्द्र डंगोलले प्रशिक्षकलाई तालिमदेखि प्रतियोगितासम्मका खेलाडी छनौटमा भेद्भाव नगर्न समेत सुझाव दिए । उनले गत वर्ष भगवती क्लबले प्राप्त गरेको सफलता निकै ठूलो उपलब्धि भएको उल्लेख गर्दै जुनसुकै खेल पनि अँक पाउने गरी खेल्नुपर्ने बताए ।

