नविना श्रेष्ठ
टाेखालाइभ डट कम / मंसिर २१ ,२०७८
काठमाडौं / नेकपा माओबादी केन्द्र टाेखा नगर समितिको दोस्रो नगर सम्मेलनबाट अध्यक्षमा नबिन कुमार डंगोल सर्वसम्मत चयन भएका छन्। सोमबार टाेखा नगर समितिको सम्मेलन टाेखा नगरपालिका वडा नं ३ मा रहेको सद्भाव बैक्वेटमा
नेकपा माओबादी केन्द्र टाेखा नगर समितिको दोस्रो नगर सम्मेलनको प्रमुख अतिथि बागमती प्रदेशका अध्यक्ष नारायण दाहाल, विशेष अतिथि काठमाडौँ जिल्ला इञ्चार्ज कुमार पौडेलले पानसमा दिप प्रज्वलन गर्दै कार्यक्रमको उद्घाटन गर्नु भएको थियोे ।
नेकपा माओवादी केन्द्र टाेखा नगर समितिको दोस्रो नगर सम्मेलन बाट निर्बाचित सम्पुण टीमलाई ने क पा माओबादी केन्द्रका सदस्य कार्यक्रमका प्रमुख अतिथि नारायण दाहाल लगायत सम्पूर्ण अतिथिहरुले नवनियुक्त पदाधिकारीहरूलाई हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गरेका थिए।

नेकपा माओबादी केन्द्र टाेखा नगर समितिको दोस्रो नगर सम्मेलनले अध्यक्षमा नबिन कुमार डंगोल , उपाध्यक्ष श्रीराम के सी ,उपाध्यक्ष रामदेब रिमाल ,उपाध्यक्ष रमेश अधिकारी,
सचिबमा बिष्णु श्रेष्ठ,सह-सचिब प्रमोद अधिकारी,कोषाध्यक्षमा महेश्वरी डंगोल सहित ६५ सदस्यीय कार्य समिति चयन भएका हुन ।

कार्यक्रममा नेकपा माओवादी बाग्मती प्रदेश अध्यक्ष नारायण दाहाल, जिल्ला इंचार्ज कुमार पौडेल ,नेकपा माओवादी केन्द्र क्षेत्र न ५ का इन्चार्ज कल्पना शर्मा, जिल्ला संयोजक हिमाल शर्मा लगायत पार्टीका अगुवा महानुभावहरूको उपस्थिति रहेको थियोे ।

