• TOKHA LIVE

    • १८ मंसिर २०७८, शनिबार ११:५७

    अयांश योग नेचर क्योर हस्पिटलमा सप्ताव्यापी निःशुल्क स्वास्थ्य शिविर हुँदै

    टाेखालाइभ डट कम/ मंसिर १८,२०७८

    टोखा नगरपालिका वडा ३ को पलखुसीमा अवस्थित अयांश योग नेचर क्योर हस्पिटलले सप्ताव्यापी निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ ।

    उक्त शिविर यहि मंसिर १९ गते आइतबारदेखि २३ गते बिहिबारसम्म आफ्नै हस्पिटल प्राङ्गणमा विहान १० बजेदेखि ३ बजेसम्म निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्न लागेको
    अयांश योग नेचर क्योर हस्पिटलका अध्यक्ष तथा प्राकृतिक चिकित्सा विद डा. रविनलाल श्रेष्ठले बताए ।

    सप्ताव्यापी उक्त शिविरमा ढाड, कम्मर, गर्दन, घुँडा दुखेको / खिइएको, नशाका रोगहरु, ग्याँस्टिक, कब्जियत, पेटका रोगहरु, दम, पिनास, माइगे्रन, अनिन्द्रा, बाथ, छालाको समस्या, डाइवितिज रोगको प्राकृतिक चिकित्सा, योग थेरापी, अकुपञ्चर, Brain stimulation उपचार विधिमा उपचार गरिनुका साथै निःशुल्क परामर्स तथा उपचार हुने बताउदै
    हस्पिटलका अध्यक्ष  डा.श्रेष्ठले सेवाग्राहीहरुले मौकाको फाइदा उठाई स्वस्थ रहन सबैसंग अनुरोध समेत गरेका छन् ।

     

    Facebook Comments

    छुटाउनुभयो कि? सबै