टाेखालाइभ डट कम/मंसिर १७,२०७८
टोखा नगरपालिकाले आफ्नो टाेखा नगरवासीमा रहेका अशक्त (५० बर्ष माथिका) अपाङ्ग, घाइते, द्धन्द पिडित, असहाय, लोपोन्मुख, अतिविपन्न, महिला तथा अल्पसंख्यक समुदायलाई लक्षित गरि ‘ मेयर दीर्घायु ‘ कार्यक्रम संचालन गर्ने भएको छ ।
कार्यक्रम संचालनकालागी कार्यबिधि समेत तयार गरी कार्यान्वयन शुरु गरिएको छ । यस कार्यक्रममा सहभागी भएर आफ्नो समग्र स्वास्थ्य जाँच होल बडि चेकअप गराउन पाईने छ ।

कार्यक्रममा टोखा नगर भित्र बसोबास गरेको वा नगरभित्र व्यवसाय वा अन्य माध्यमबाट कर तिरेको प्रमाण भएको वा अतिविपन्न समुदायको प्रमाणीत परिचयपत्र वा अपाङ्गता सम्बन्धि परिचयपत्र भएकाहरुले सहभागी हुनपाउने छन् ।
मेयर दीर्घायु” कार्यक्रम यहि मंसिर २५ गते शनिबार देखी बागमती प्रदेश अस्पताल टोखा चण्डेश्वरी-९ साविक चण्डेश्वरी स्वास्थ्यकेन्द्रमा संचालन गरिने बताएको छ ।
प्रत्येक हप्ता ९० जनालाई यो सुबिधा उपलब्ध हुनेछ भने प्रत्यक वडाले कार्यक्रम अवधिभर ७० जना नागरिकलाई सिफारिस गरि पठाउन पाउने व्यवस्था गरेको जनाएको छ ।

कार्यक्रममा कुल १ हजार जनालाई समग्र स्वास्थ्य परिक्षण गरिने नगर प्रमुख प्रकाश अधिकारीले बताउनुभएको छ ।
सबै नगरबासीलाई स्वस्थ राख्ने र “स्वस्थ नगर टोखा नगर” नारालाई आत्मसात गर्दै स्वस्थ नगर बनाउने उदेश्यका साथ मेयर दीर्घायु कार्यक्रम कार्यक्रम संचालन गर्न लागिएको टोखा नगरपालिकाले जनाएको छ ।

