• TOKHA LIVE

    • ८ मंसिर २०७८, बुधबार २०:४४

    टोखा भगवती बचत तथा ऋण सहकारीको चौंथो अधिवेसन हुने

    टोखा लाइभ । २०७८ मंसीर ८ गते ।

    काठमांडौं । टोखा नगरपालिका वडा नं-२ मा सञ्चालित टोखा भगवती बचत तथा ऋण सहकारी संस्थाको यही मंसीर २४ गते टोखामा सधारणसभा सहित अधिवेसन गर्देछ ।यसमा नयाँ नेतृत्वको चयन हुदैछ । अध्यक्ष १, उपाध्यक्ष १, महासचिव १, कोषाध्यक्ष १ गरी संचालकहरूमा पनि लेखासुपरिवेक्षण समिति संयोजक १ सदस्य गरी विभिन्न पदमा निर्वाचन हुदैछ । नयाँ नेतृत्वका विषयमा सन्चालक समितिका सचिव दीपेन्द्र डंगोलका अनुसार आगामी दिनहरूमा लगानी बढाउने प्रस्ताव पारित गरेको छ। भगवती बचत तथा ऋण सहकारीको सदस्यहरुको प्राथमिक आवश्यकता र आयआर्जन क्षमताको पहिचान गरि उत्पादनशिल तथा आयमुलक क्षेत्रमा लगानी बढाउन कार्यसमितिलाई अख्तियारी प्रदान गरेको हो ।

    सहकारीका सन्चालक सचिव दीपेन्द्र डंगोल ले यस सहकारीले बचत र ऋण लगानी मात्रै गर्ने भन्दा पनि आर्थिक सुधारकालागि उत्पादनशिल क्षेत्रमा लगानी गर्नुपर्ने धारणा टोखा लाइभ लाई जानकारी दिनु भयो ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै