• TOKHA LIVE

    • ७ मंसिर २०७८, मंगलवार १९:५२

    बेहोश अवस्थामा भेटिएका न्युरो सर्जन डा. लोहनीको मृत्यु

    टोखा लाइभ ।२०७८ मंसिर ७ गते ।

    काठमाडौं । बेहोस अवस्थामा फेला परेका काठमाडौंको टोखा निवासी एक चिकित्सकको मृत्यु भएको छ ।

    ग्राण्डी टावरको माथिल्लो तलामा रहेको आफ्नै कोठामा सोमबार बेहोस अवस्थामा फेला परेका न्युरोसर्जन डा. सुवास लोहनीको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । लोहनी नेशनल न्यूरो सेन्टरमा कार्यरत थिए ।

    महानगरीय प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरका अनुसार शव परीक्षणका लागि आज महाराजगञ्जस्थित शिक्षण अस्पतालमा ल्याइएको छ ।

    डा. लोहनी आफैँले बेहोस हुने औषधि इन्क्सन लिएको पाइएको प्रहरीले जनाएको छ । ‘ओभरडोज भएर मृत्यु भएको जस्तो देखिन्छ’, एक प्रहरीले भने, ‘सुसाइड नोटसमेत फेला परेकाले आत्महत्या गरेको अनुमान गरिएको छ ।’ उनले शव परीक्षणको प्रतिवेदन आएपछि कारण यकिन हुने पनि बताए ।

    सोमबार दिउँसो १ बजेसम्म फोन गर्दा ठीक रहेको र तीन बजे बेहोस अवस्थामा फेला परेको परिवारको भनाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ ।

    उनमा एक हप्ता अघि मात्रै कोभिड–१९ को सङ्क्रमण भएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा केही अघिदेखि नै डा. लोहनी एक्लै बोल्ने, बस्ने गरेको पाइएको छ । साहित्य क्षेत्रमा समेत रुचि राख्ने डा. लोहनी सञ्चारमाध्यममा लेखसमेत लेख्थे ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै